०३ आषाढ २०८१, आइतबार
16-06-2024 , Sun
×

सोलुखुम्बुका विद्यालय बन्द

Logo
Abc Sanchar प्रकाशित शनिबार, पुष २८, २०८०

(एबिसि संचार )                                                              सोलुखुम्बुमा अत्यधिक चिसोका कारण सामुदायिक विद्यालय बन्द भएका छन् । अत्यधिक चिसोका कारण जिल्लाको दुई सय ६७ सामुदायिक विद्यालयमध्ये एक सय एक विद्यालयको पठनपाठन बन्द भएको छ ।जिल्ला शिक्षा तथा समन्वय एकाइका प्राविधिक सहायक विरमाकुमारी खड्काका अनुसार जिल्लाको आठ स्थानीय तहमध्ये सात स्थानीय तहका विद्यालय हालसम्म बन्द भइसकेका छन् ।केहीले बिदा दिने तयारी गरिरहेका छन् । सोलु दूधकुण्ड नगरपालिकामा ६२ सामुदायिक विद्यालयमध्ये ५८, खुम्बु पासाङल्हामु गाउँपालिकाका १७ विद्यालयमध्ये १४ र थुलुङ दूधकोशी गाउँपालिकामा ५१ विद्यालयमध्ये सात विद्यालय बन्द भइसकेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(ABC-Sanchar) काठमाडौं । पहिरोले मध्यपहाडी राजमार्ग अवरुद्ध पाँचथर पहिरोको जोखिम बढेपछि पाँचथरको याङवरक गाउँपालिका ३ का ६० घर परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । साविक ओयाम गाविसका चोथ्रोक, फाक्लुङमा बसोबास गर्दै आएका ती घर परिवारलाई वडा कार्यालय, गाउँपालिका र प्रहरीको सहकार्यमा सुरक्षित ठाउँमा सारिएको हो । वडाध्यक्ष बिमल राईका अनुसार चोथ्रोकका नागरिकलाई नजिकै रहेको सेमिच्याङ […]

(सिमा गुरुङ) बुटवल । केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक हिमालय कुमार श्रेष्ठबाट कार्यालयको सम्पूर्ण वस्तुस्थिति, कोत गारदको निरीक्षण साथै यस केन्द्रका प्रहरी कर्मचारीहरु र उन्नत तालिमका प्रशिक्षार्थीहरुको व्यक्तिगत टर्नआउट, ब्यारेक भवन, आदिको निरिक्षण गर्नुको साथै टर्नआउटमा उत्कृष्ट हुने पहिलो,दोश्रो र तेस्रो प्र.क. हरुलाई उत्प्रेरणा अभिवृद्धि स्वरुप “समादेशक निरिक्षण TOKEN PRIZE” समेत प्रदान गर्नुभएको थियो ।

(रोशन निधि) पर्सा । पटेर्वा सुगौली गाउँपालिका वडा नं.४ भथौडा बस्ने वर्ष २३ को अमित कुमार चौधरीले आफ्नै गाईगोठमा लागु औषध गाँजा लुकाइ छिपाइ राखिएको छ भन्ने विशेष सूचनाको आधारमा मीति २०८१-०३-०१गते अन्दाजी १६:०० बजेको समयमा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले कानूनी रितपुर्‍याइ खानतलासी गर्दा उक्त गोठको भुषमा लुकाइ छिपाइ राखिएको लागु औषध गाँजा ७ […]