३१ बैशाख २०८३, बिहिबार
14-05-2026 , Thu
×

आगजनी गर्ने पाँचजना पक्राउ

Logo
Abc Sanchar प्रकाशित आइतबार, पुष २९, २०८०

(एबिसि संचार )                                                              सोलुखुम्बुमा करिब आठ महिनाको अवधिमा चार स्काभेटरमा आगजनी गरिएको छ । जिल्लाको थुलुङ दूधकोशी गाउँपालिकामा विभिन्न समयमा चार स्काभेटरमा आगजनी गरिएको हो । आगजनी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । प्रहरी निरीक्षक अनिल मिश्रका अनुसार गत वैशाख ७ गते थुलुङ दूधकोशी गाउँपालिका–९ लोखिममा पालिकाको योजनाअन्तर्गत सडक निर्माण गरेर पार्किङ गरिराखेको बा३क ४४ नम्बरको स्काभेटरमा राति आगजनी भएको थियो । आगजनीबाट रु ४० लाख बराबरको क्षति भएको थियो । यस्तै गत असार ५ गते राति थुलुङ दूधकोशी गाउँपालिका–४ जुबुमा जलेश्वर हाइड्रोपावरको बा२क ४७७८ नम्बरको स्काभेटरमा आगजनी गरिएको थियो । पेट्रोल छर्किएर गरिएको उक्त आगजनीबाट रु ४० लाखबराबरको क्षति भएको प्रहरी निरीक्षक मिश्रले बताए । त्यसैगरी गत साउन ४ गते राति सोही स्थानमा जलेश्वर हाइड्रोपावरकै बा२क ९१२१ नम्बरको स्काभेटरमा आगजनी गर्दा रु ८० लाखबराबरको क्षति भएको थियो । यस्तै गत मङ्सिर ३ गते राति थुलुङ दूधकोशी गाउँपालिका–५ जुबुमा जलेश्वर हाइड्रोपावरकै प्रदेश–३–०१–००३क ६५४४ नम्बरको स्काभेटरमा आगजनी गर्दा रु एक करोडबराबरको क्षति भएको थियो । “सबै घटनामा प्रज्ज्वलनशील पदार्थ प्रयोग गरी आगो लगाएको अनुसन्धानबाट खुलेको छ । आगजनीबाट चारवटै स्काभेटरमा पूर्णरूपमा क्षति पुगेको छ”, प्रहरी निरीक्षक मिश्रले भने । आगजनी गरेको आरोपमा  पक्राउ पर्नेमा माप्यदूधकोशी गाउँपालिका–५ का सुवास राई, एक नाबालक, थुलुङ दूधकोशी गाउँपालिका–९ लोखिमका हेमन्त राई, एकराज राई र सन्दीप राई पक्राउ परेका छन् । पाँचैजनाविरुद्ध प्रहरीले मुद्दा चलाएको छ । घटनामा संलग्न एकजना फरार रहेको प्रहरीले जनाएको छ । (रास्स)

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । *घटना कसरी भयो:* स्थानीय तहले गर्दै आएको अतिक्रमण हटाउने/व्यवस्थापनको क्रममा अधिकार क्षेत्र र कार्यशैलीलाई लिएर विवाद सुरु भएको बुझिएको छ। फुटपाथ, पार्किङ, वा सार्वजनिक जग्गा खाली गराउने क्रममा दुवै पक्षका कर्मचारीबीच भनाभन बढेर धकेलाधकेल र हातपातसम्म पुगेको प्रत्यक्षदर्शीहरू बताउँछन्। *किन हुन्छ यस्तो:* 1. *अधिकारको दोहोरोपना*: नगर प्रहरी स्थानीय सरकार सञ्चालन ऐन २०७४ अन्तर्गत […]

दाङ । जिल्ला प्रहरी कार्यालय घोराही दाङमा प्रहरी कर्मचारी लक्षित *‘डिफेन्सिभ ड्राइभिङ’ तालिम* सम्पन्न भएको छ। *तालिमका मुख्य कुरा:* – *सहभागी*: तालुक जिल्ला प्रहरी कार्यालय घोराहीमा कार्यरत ५८ जना प्रहरी कर्मचारी। – *विषय*: “प्रहरी कर्मचारी संलग्न सवारी दुर्घटना न्यूनीकरण (Defensive Driving)”। – *प्रशिक्षक*: जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक *उपेन्द्र बहादुर बम*। *के सिकाइयो:* […]

बाँके । एसपी अंगुर जिसी* बाँकेको कमाण्ड सम्हालेपछि जिल्ला प्रहरी कार्यालयले भारतबाट अवैध रूपमा नेपाल भित्र्याइने तस्करी नियन्त्रण अभियान तीव्र बनाएको छ। *पछिल्लो कारबाही:* खुला सीमाको फाइदा उठाएर भारतबाट अवैध रूपमा नेपाल ल्याउँदै गरेको *लाखौं मूल्यको प्रतिबन्धित बोइलर कुखुरा राधापुर क्षेत्रबाट प्रहरीले पक्राउ गरेको छ। बरामद सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय बुझाइएको छ। *कारबाहीको […]

error: Content is protected !!