(एबिसि संचार ) खाजा घरमा बसेर जुवातास खेलिरहेका ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । चन्द्रागिरि नगरपालिका-३ थानकोट महाशक्ति पेट्रोल पम्प नजिक मिना मगरको खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा मकवानपुर थाहा नगरपालिका-९ चित्लाङ बस्ने ३० वर्षीय रामकृष्ण थोकर समेत ७ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९ हजार ९ सय ७० रुपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो ।