०३ आषाढ २०८१, आइतबार
16-06-2024 , Sun
×

मंगलबारदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँ घटाउने

Logo
Abc Sanchar प्रकाशित सोमबार, माघ ०१, २०८०

(एबिसि संचार )                                                              नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले मंगलबारदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँ घटाउने निर्णय गरेको हो । काठमाडौँमा पेट्रोलको मूल्य १६६ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १५६ रुपैयाँ कायम भएको निगमले जनाएको छ । भारतीय आयल निगमले मूल्य घटाएर पठाएकाले नेपालमा पनि घटाइएको निगमले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(ABC-Sanchar) काठमाडौं । पहिरोले मध्यपहाडी राजमार्ग अवरुद्ध पाँचथर पहिरोको जोखिम बढेपछि पाँचथरको याङवरक गाउँपालिका ३ का ६० घर परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । साविक ओयाम गाविसका चोथ्रोक, फाक्लुङमा बसोबास गर्दै आएका ती घर परिवारलाई वडा कार्यालय, गाउँपालिका र प्रहरीको सहकार्यमा सुरक्षित ठाउँमा सारिएको हो । वडाध्यक्ष बिमल राईका अनुसार चोथ्रोकका नागरिकलाई नजिकै रहेको सेमिच्याङ […]

(सिमा गुरुङ) बुटवल । केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक हिमालय कुमार श्रेष्ठबाट कार्यालयको सम्पूर्ण वस्तुस्थिति, कोत गारदको निरीक्षण साथै यस केन्द्रका प्रहरी कर्मचारीहरु र उन्नत तालिमका प्रशिक्षार्थीहरुको व्यक्तिगत टर्नआउट, ब्यारेक भवन, आदिको निरिक्षण गर्नुको साथै टर्नआउटमा उत्कृष्ट हुने पहिलो,दोश्रो र तेस्रो प्र.क. हरुलाई उत्प्रेरणा अभिवृद्धि स्वरुप “समादेशक निरिक्षण TOKEN PRIZE” समेत प्रदान गर्नुभएको थियो ।

(रोशन निधि) पर्सा । पटेर्वा सुगौली गाउँपालिका वडा नं.४ भथौडा बस्ने वर्ष २३ को अमित कुमार चौधरीले आफ्नै गाईगोठमा लागु औषध गाँजा लुकाइ छिपाइ राखिएको छ भन्ने विशेष सूचनाको आधारमा मीति २०८१-०३-०१गते अन्दाजी १६:०० बजेको समयमा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले कानूनी रितपुर्‍याइ खानतलासी गर्दा उक्त गोठको भुषमा लुकाइ छिपाइ राखिएको लागु औषध गाँजा ७ […]