
(एबिसि संचार )
दोलखामा सुख्खा पहिरोमा पुरिएर एक जनाको मृत्यु र दुई जना घाइते भएका छन्।
सोमबार दोलखाको बिगु गाउँपालिका-१ लामाबगरबाट लप्ची जाने सडक निर्माणको क्रममा सुख्खा पहिरो जाँदा एक जनाको मृत्यु र दुई जना घाइते भएको दोलखाका प्रहरी निरीक्षक जीवन श्रेष्ठले जानकारी दिए। उनका अनुसार पहिरोमा पुरिएर बिगु गाउँपालिका-१ का २२ वर्षीय कुसुङ तामाङको मृत्यु भएको छ। यस्तै सोही स्थान बस्ने ५८ वर्षीय रसमान तामाङ र २८ वर्षीय दिलकुमार तामाङ घाइते भएको उनले बताए।