०६ जेठ २०८१, आइतबार
19-05-2024 , Sun
×

त्रिशूली नदीमा खसेको गाडीका चालक अझै फेला परेन

Logo
Abc Sanchar प्रकाशित मंगलबार, माघ ०२, २०८०

(एबिसि संचार )

त्रिशूली नदीमा खसेको गाडीका चालक अझै फेला परेका छैनन्।

सोमबार बिहान करिब ४ बजे त्रिशूलीमा भारतीय नम्बर प्लेटको गाडी खसेको थियो। बिआर ०९ जीसी १४३० बोलेरो गाडी त्रिशूली नदीभित्र फेला परिसकेको छ। तर उक्त गाडीका चालक भने सम्पर्कविहीन छन्।

चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ५ तीन नम्बर पुलबाट करिब ८५ मिटर तल त्रिशूली नदीमा गाडी खसेको थियो।

घटनास्थलमा प्रहरी पुग्दा पानीभित्र उज्यालो देखिएको थियो। त्यसपछि सशस्त्र प्रहरी बलको गोताखोर टोली बोलाएर खोजी गरिएको थियो।

गोताखोरले पानीभित्र गाडी फेला पारे पनि चालक भने भेटिएनन्। गोताखोरको टोली घटनास्थलबाट फर्किसकेको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताए।

प्रहरीले भने उक्त गाडीका चालकको खोजी गरिरहेको छ। नारायणगढ-मुग्लिन सडकखण्डमा गुडिरहेको अर्को गाडीका चालकले त्रिशूली किनारमा धुलो उडिरहेको र ठूलो आवाज सुनेको बताएका थिए।कुनै दुर्घटना भएको हुनसक्ने आशंकामा ती गाडीका चालकले नजिकै रहेका प्रहरीलाई खबर गरेको मुग्लिन ट्राफिक प्रहरी प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक टंक शिवाकोटीले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) बुटवलमा आज बिहान (आइतबार) मर्निङ वाक निस्केकी एक महिला एम्बुलेन्सको ठक्करबाट मृत्यु भएको छ भने दुई महिला घाइते भएका छन् । अर्घाखाँचीदेखि बुटवलतर्फ आउँदै गरेको एम्बुलेन्सले बुटवल९१३ झोलुङ्गे पुलनजिकै ठक्कर दिँदा बुटवल वडा नं ११ देवीनगरकी ५६ वर्षीया कमला नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

(ABC-Sanchar) गुल्मी । पोखराबाट गुल्मी तम्घास आउँदै गरेको बस रिडीमा दुर्घटना हुँदा बसका सहचालक ४० वर्षका युवराज कुँवर घाइते भएका थिए । कुँवरको पाल्पास्थित लुम्बिनी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले बताए । जिल्लाको रुरुक्षेत्र गाउँपालिका-–१ मक्वादीस्थित रिडी–तम्घास पक्की सडक खण्डमा लु १ ख ८१७५ नम्बरको […]

(सैलेश बम  )                                                                बैतडीमा आज बिहान जिप दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । धनगढीबाट बैतडीको तल्लादेही आइरहेको सुपप्र ०२००१ ज ३८५ नम्बरको […]