३१ बैशाख २०८३, बिहिबार
14-05-2026 , Thu
×

राप्ती नदिमा खसेको बस निकालियाे पूलमा हुने भयो निकै जोखिम

Logo
Abc Sanchar प्रकाशित मंगलबार, माघ ०२, २०८०

 

बिदुर एम सी,

माघ ०२, भालुवाङ ।
भालुवाङकाे राप्ती पूलबाट तल बगरमा खसेको डिलक्स बस क्रेनकाे सहायताले माथि सडकमा निकालिएको छ । सोमबार दिउँसो र रातिको कोशिशले बस माथि सडकमा ल्याइएको छ ।

जहाँबाट बस खसेको थियो, त्यहीँबाट सोही बसलाई निकाल्दाखेरि पूलको छेउको बाँकी रहेको रेलिङबार पनि भाँचिएको छ । यसरी बस खस्दा र निकाल्दा रेलिङबार भाँचिएको हुनाले पूल निकै जोखिम बनेको छ । सम्बन्धित निकायले पूलको भाँचिएको रेलिङबार बनाउन समयमै ध्यान दिएन भने त्यस ठाउँबाट अझै कति दुर्घटना हुने हुन् भन्नेमा सबैमा त्रास छाएको छ । तसर्थ, त्यो रेलिङ यथाशीघ्र बनोस्, सबैलाई यही आशा लागिरहेछ ।

गत शुक्रबार रातिको १० बजेतिर नेपालगञ्जदेखि राजधानी काठमाडौंतर्फ जाँदै गरेको भे १ ख ३९१२ नम्बरको यात्रुबाहक डिलक्स बस अनियन्त्रित भई पूलको रेलिङबार भत्काएर राप्ती नदिको बगर कुनामा बजारिएको थियो ।

दुर्घटनामा परेर १२ यात्रुको तत्काल मृत्यु भएको र बसका चालक, सह चालक सहित अरु २३ यात्रु घाइते भएका थिए । राप्ती नदिको किनार अत्यन्तै चिसो मौसम, अँध्यारो रातिका बावजूद पनि भालुवाङ बजारका स्थानीयबासिन्दा व्यवसायी, अस्थायी ट्राफिक पाेष्ट भालुवाङ, ईलाका प्रहरी कार्यालय भालुवाङ र सशस्त्र प्रहरी बल २९ नम्बर ज्वालामाई गण भालुवाङ्को संयुक्त प्रयासले दुर्घटनाका घाइते तथा मृत्यु भएकाहरुलाई अति छिटो उध्दार गर्न संभव भएको थियो ।

आफ्नो गल्ती ढाकछोप गर्न बसका चालक, सह चालकले घटनाको ताेडमाेड गरेर बताएका छन् । तर अत्यन्तै तिब्र गतिका कारणले सिधा बाटोमा पनि बस अनियन्त्रित भएर पूलकाे रेलिङबार भत्काएर पूलको तल बगरमा उत्तानो अवस्थामा पल्टिएको थियो ।
निकै हुइँकिएर चलेको,त्यहीँ ड्युटीमा तैनाथ ट्राफिकले सिठ्ठी फुकेर राेक्न खोज्दा पनि नरोकिएको र नजिकै पूलमा गएर डरलाग्दो आवाज सहित पूलबाट खसेको स्थानीयबासीहरु बताउँछन् । एउटा चालकको चरम लापरबाहीले यति ठूलो जनधनको क्षति भएकोमा आम नागरिकहरुले साह्रै दुख पोखेका छन् । सर्व साधारण नागरिकको भनाइलाई आधार मान्ने होभने उक्त बस दुर्घटनामा सरासर चालककाे गल्ती देखिन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । *घटना कसरी भयो:* स्थानीय तहले गर्दै आएको अतिक्रमण हटाउने/व्यवस्थापनको क्रममा अधिकार क्षेत्र र कार्यशैलीलाई लिएर विवाद सुरु भएको बुझिएको छ। फुटपाथ, पार्किङ, वा सार्वजनिक जग्गा खाली गराउने क्रममा दुवै पक्षका कर्मचारीबीच भनाभन बढेर धकेलाधकेल र हातपातसम्म पुगेको प्रत्यक्षदर्शीहरू बताउँछन्। *किन हुन्छ यस्तो:* 1. *अधिकारको दोहोरोपना*: नगर प्रहरी स्थानीय सरकार सञ्चालन ऐन २०७४ अन्तर्गत […]

दाङ । जिल्ला प्रहरी कार्यालय घोराही दाङमा प्रहरी कर्मचारी लक्षित *‘डिफेन्सिभ ड्राइभिङ’ तालिम* सम्पन्न भएको छ। *तालिमका मुख्य कुरा:* – *सहभागी*: तालुक जिल्ला प्रहरी कार्यालय घोराहीमा कार्यरत ५८ जना प्रहरी कर्मचारी। – *विषय*: “प्रहरी कर्मचारी संलग्न सवारी दुर्घटना न्यूनीकरण (Defensive Driving)”। – *प्रशिक्षक*: जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक *उपेन्द्र बहादुर बम*। *के सिकाइयो:* […]

बाँके । एसपी अंगुर जिसी* बाँकेको कमाण्ड सम्हालेपछि जिल्ला प्रहरी कार्यालयले भारतबाट अवैध रूपमा नेपाल भित्र्याइने तस्करी नियन्त्रण अभियान तीव्र बनाएको छ। *पछिल्लो कारबाही:* खुला सीमाको फाइदा उठाएर भारतबाट अवैध रूपमा नेपाल ल्याउँदै गरेको *लाखौं मूल्यको प्रतिबन्धित बोइलर कुखुरा राधापुर क्षेत्रबाट प्रहरीले पक्राउ गरेको छ। बरामद सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय बुझाइएको छ। *कारबाहीको […]

error: Content is protected !!