
(एबिसि संचार ) ललितपुरको महालक्ष्मी नगरपालिका–३ स्थित महर्जन चोकबाट प्रहरीले प्रतिबन्धित औषधीसहित एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही घर भएका २७ वर्षीय दिपेश जैसवाल छन् ।उनको साथबाट प्रतिबन्धित औषधीहरू टेनाड ५ हजार ६ सय ट्याब्लेट, स्पासरेष्ट १ हजार ३ सय ट्याब्लेट, स्पास्मो ४ सय ट्याब्लेट, पीजीएबी ७५ एमजीको ६ सय ट्याब्लेट, पीजीएबी १०० एमजीको ७ सय ट्याब्लेट र स्पास्पेन ६ सय ५० ट्याब्लेट बरामद गरिएको छ ।