३१ बैशाख २०८३, बिहिबार
14-05-2026 , Thu
×

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

Logo
Abc Sanchar प्रकाशित बुधबार, माघ ०३, २०८०

(एबिसि संचार )                                                              सल्यानमा बोल्न नसक्ने एक युवतीमाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । सल्यान प्रहरीले बनगाड नगरपालिका–४ डोप्के भन्ने गाउँका २४ वर्षीय रामबहादुर बुढाथोकीलाई पक्राउ गरेको हो ।  आइतबार युवतीकी आमाले जबरजस्ती करणी गरेको भन्दै जाहेरी दिएकी थिइन् । जाहेरीमा घरमा कोही नभएको बेला रामबहादुरले बोल्न नसक्ने आफ्नो छोरीलाई जबरजस्ती हात तानेर घरको पछाडि लगेको र जबरजस्ती करणी गरेको उल्लेख गरिएको छ । सोही आधारमा प्रहरीले बुढाथोकीलाई पक्राउ गरेको हो ।बुढाथोकीलाई उनकै घरबाट पक्राउ गरिएको सल्यान प्रहरीले जनाएको छ । जिल्ला अदालत सल्यानबाट १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । *घटना कसरी भयो:* स्थानीय तहले गर्दै आएको अतिक्रमण हटाउने/व्यवस्थापनको क्रममा अधिकार क्षेत्र र कार्यशैलीलाई लिएर विवाद सुरु भएको बुझिएको छ। फुटपाथ, पार्किङ, वा सार्वजनिक जग्गा खाली गराउने क्रममा दुवै पक्षका कर्मचारीबीच भनाभन बढेर धकेलाधकेल र हातपातसम्म पुगेको प्रत्यक्षदर्शीहरू बताउँछन्। *किन हुन्छ यस्तो:* 1. *अधिकारको दोहोरोपना*: नगर प्रहरी स्थानीय सरकार सञ्चालन ऐन २०७४ अन्तर्गत […]

दाङ । जिल्ला प्रहरी कार्यालय घोराही दाङमा प्रहरी कर्मचारी लक्षित *‘डिफेन्सिभ ड्राइभिङ’ तालिम* सम्पन्न भएको छ। *तालिमका मुख्य कुरा:* – *सहभागी*: तालुक जिल्ला प्रहरी कार्यालय घोराहीमा कार्यरत ५८ जना प्रहरी कर्मचारी। – *विषय*: “प्रहरी कर्मचारी संलग्न सवारी दुर्घटना न्यूनीकरण (Defensive Driving)”। – *प्रशिक्षक*: जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक *उपेन्द्र बहादुर बम*। *के सिकाइयो:* […]

बाँके । एसपी अंगुर जिसी* बाँकेको कमाण्ड सम्हालेपछि जिल्ला प्रहरी कार्यालयले भारतबाट अवैध रूपमा नेपाल भित्र्याइने तस्करी नियन्त्रण अभियान तीव्र बनाएको छ। *पछिल्लो कारबाही:* खुला सीमाको फाइदा उठाएर भारतबाट अवैध रूपमा नेपाल ल्याउँदै गरेको *लाखौं मूल्यको प्रतिबन्धित बोइलर कुखुरा राधापुर क्षेत्रबाट प्रहरीले पक्राउ गरेको छ। बरामद सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय बुझाइएको छ। *कारबाहीको […]

error: Content is protected !!