(एबिसि संचार )
दार्चुलामा एक युवकले प्रहरीमाथि नै चक्कु प्रहार गरेका छन् ।
जिल्लाको महाकाली नगरपालिका–१ दहका २५ वर्षीय उमेश कुवरले प्रहरी हवल्दार जयबहादुर खड्का र प्रहरी जवान डम्मरबहादुर ठगुन्नामाथि चक्कु प्रहार गरेका हुन् ।चक्कु प्रहारबाट प्रहरी जवान ठगुन्नाको आँखाको तल्लो भागमा र घाँटीमा चोट लागेको छ । उमेशले श्रीमती धनिशालाई कुटपिट गरेको भन्दै धनिशाकी दिदीले प्रहरीमा निवेदन दिएका थिए ।जिल्ला प्रहरी कार्यालयमा निवेदन आएपछि उमेशलाई नियन्त्रणमा लिन सामुदायिक प्रहरी बाङ्गाबगरबाट गएको प्रहरी टोलीमाथि चक्कु आक्रमण भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिए ।