(एबिसि संचार )
जनमत पार्टीको अवरोधका बाबजुद जसपा अध्यक्ष उपेन्द्र यादव मधेश कृषि विश्वविद्यालय भवनको शिलान्यास गरेका छन् ।
सप्तरीको राजविराज नगरपालिका १३ बिसहरियामा विश्वविद्यालयको भवन निर्माणका लागि आज शिलान्यास गरिएको हो ।जसपा अध्यक्ष यादव र मुख्यमन्त्री सरोजकुमार यादवले संयुक्त रूपमा शिलान्यास गरेका हुन् ।त्यसक्रममा जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच सामान्य झडप भएको छ । कार्यक्रममा जनमत पार्टीका कार्यकर्ताले अवरोध गर्न खोजेपछि प्रहरीसँग झडप भएको हो ।