३१ बैशाख २०८३, बिहिबार
14-05-2026 , Thu
×

चरित्र हत्या गरेको आरोपमा युवक पक्राउ

Logo
Abc Sanchar प्रकाशित मंगलबार, माघ ०९, २०८०

(एबिसि संचार )                                                            सामाजिक सञ्जाल ‘फेसबुक’ मार्फत प्रेमिकाको चरित्रहत्या गरेको आरोपमा प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको भिमसेनथापा गाउँपालिका वडा नम्बर–२ घर भएका भीमसेन भट्ट छन् ।काठमाडौँको तारकेश्वर नगरपालिकामा बस्दै आएका २४ वर्षीय भट्टले आफ्नै ‘प्रेमिका’को चरित्र हत्या गरेको आरोप छ । रोजगारीको सिलसिलामा चिनजान भएकी प्रेमिकासँग मनमुटाब भएपछि आरोपीले नक्कली फेसबुक आइडी बनाएर अश्लील फोटो र भिडियो बनाएर पोस्ट गरेका हुन् ।  काठमाडौँमा बस्दा प्रेम सम्बन्धमा रहेकी ती महिला हाल जापानमा छिन् । जापान गएपछि उनीहरूको बिचमा मनमुटाब सुरु भएसँगै भीमसेनले अश्लील फोटो र भिडियो बनाएर सामाजिक सञ्जालमार्फत पोस्ट गर्ने र पीडितको आफन्तलाई ह्वाट्स एप मार्फत पठाउने गरेको अनुसन्धानबाट थाहा भएको छ ।आरोपीविरुद्ध जिल्ला अदालत काठमाडौँबाट ५ दिनको म्याद लिएर अनुसन्धान भइरहेको साइबर ब्यूरोका एसपी पशुपति कुमार रायले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । *घटना कसरी भयो:* स्थानीय तहले गर्दै आएको अतिक्रमण हटाउने/व्यवस्थापनको क्रममा अधिकार क्षेत्र र कार्यशैलीलाई लिएर विवाद सुरु भएको बुझिएको छ। फुटपाथ, पार्किङ, वा सार्वजनिक जग्गा खाली गराउने क्रममा दुवै पक्षका कर्मचारीबीच भनाभन बढेर धकेलाधकेल र हातपातसम्म पुगेको प्रत्यक्षदर्शीहरू बताउँछन्। *किन हुन्छ यस्तो:* 1. *अधिकारको दोहोरोपना*: नगर प्रहरी स्थानीय सरकार सञ्चालन ऐन २०७४ अन्तर्गत […]

दाङ । जिल्ला प्रहरी कार्यालय घोराही दाङमा प्रहरी कर्मचारी लक्षित *‘डिफेन्सिभ ड्राइभिङ’ तालिम* सम्पन्न भएको छ। *तालिमका मुख्य कुरा:* – *सहभागी*: तालुक जिल्ला प्रहरी कार्यालय घोराहीमा कार्यरत ५८ जना प्रहरी कर्मचारी। – *विषय*: “प्रहरी कर्मचारी संलग्न सवारी दुर्घटना न्यूनीकरण (Defensive Driving)”। – *प्रशिक्षक*: जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक *उपेन्द्र बहादुर बम*। *के सिकाइयो:* […]

बाँके । एसपी अंगुर जिसी* बाँकेको कमाण्ड सम्हालेपछि जिल्ला प्रहरी कार्यालयले भारतबाट अवैध रूपमा नेपाल भित्र्याइने तस्करी नियन्त्रण अभियान तीव्र बनाएको छ। *पछिल्लो कारबाही:* खुला सीमाको फाइदा उठाएर भारतबाट अवैध रूपमा नेपाल ल्याउँदै गरेको *लाखौं मूल्यको प्रतिबन्धित बोइलर कुखुरा राधापुर क्षेत्रबाट प्रहरीले पक्राउ गरेको छ। बरामद सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय बुझाइएको छ। *कारबाहीको […]

error: Content is protected !!