३१ बैशाख २०८१, सोमबार
13-05-2024 , Mon
×

थुनुवासँगै भागेका प्रहरी जवान पक्राउ

Logo
Abc Sanchar प्रकाशित शुक्रबार, माघ १२, २०८०

(एबिसि संचार )                                                                लागु औषधको मुद्दामा पक्राउ परेका थुनुवासहित भागेका प्रहरी जवान पक्राउ परेका छन् । नेपाल प्रहरीका तत्कालीन जवान वीरवल यादवलाई प्रहरीले १६ वर्षपछि पक्राउ गरेको हो ।रौतहट घर भएका यादव १६ वर्ष अगाडि थुनुवालाई लिएर भागेका थिए । यादव लामो समयसम्म भारतमा गएर लुकेर बसेका थिए । लामो समयपछि घर फर्किएका उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले पक्राउ गरेको हो ।यादवले भगाएका थुनुवा भारतीय नागरिक नै हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) नेपाल प्रहरीले ठूलो संख्यामा प्रहरी निरीक्षक (इन्सपेक्टर)को सरुवा गरेको छ । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरको बुधबारको निर्णयअनुसार ५१९ जना इन्सपेक्टरहरूको सरुवा गरिएको हो । सरूवा भएकामध्ये केही काजमा रहेका छन् । सरुवा भएकाहरूले आगामी जेठ महिनादेखि तलबभत्ता अहिले सरुवा भएको दरबन्दीबाटै पाउनेछन् ।

(उपेन्द्र प्रताप सिंह )                                                            बाँकेको कोहलपुरमा प्रहरीले प्रहार गरेको गोली लागेर घाइते भएका २६ वर्षीय सुशील परियारको भेरी अस्पतालमा उपचार भइरहेको छ । उनको बायाँ खुट्टामा […]

(पम्पि घोष)                                                                      जिल्ला प्रहरी कार्यालय झापाले आज बिहान १० लाख बराबरको अवैध कपडा बरामद गरेको छ । प्रहरी चौकी तिरिङखोलाबाट प्रहरी […]