३१ बैशाख २०८१, सोमबार
13-05-2024 , Mon
×

चिनियाँ कम्युनिष्ट पार्टीकी उपप्रमुख काठमाडौंमा

Logo
Abc Sanchar प्रकाशित शुक्रबार, माघ १२, २०८०

(एबिसि संचार )

चिनियाँ कम्युनिष्ट पार्टीकी विदेश विभाग उपप्रमुख सुन हैयान नेपाल आएकी छन्।

तीन दिने नेपाल भ्रमणका लागि उनी शुक्रबार दिउँसो काठमाडौं आइपुगेकी हुन्।

हैयानलाई स्वागत गर्न नेकपा (माओवादी केन्द्र) की उपाध्यक्ष पम्फा भुसाल र सचिव गणेश साह अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए।

माओवादीको निमन्त्रणामा हैयान नेपाल आएको उपाध्यक्ष भुसालले सेतोपाटीलाई जानकारी दिइन्।

हैयानले काठमाडौंमा रहँदा उच्चस्तरीय राजनीतिक भेटघाट गर्ने कार्यक्रम छ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लगायतसँग भेटघाट गर्ने कार्यक्रम छ।

उनले नेपालका सबै राजनीतिक दलहरूसँग आइतबार सामूहिक अन्तर्क्रिया गर्ने कार्यक्रमसमेत रहेको छ।(रास्स)

कमेन्ट गर्नुहोस्
सम्बन्धित

ABC (क्राईमबिट) काठमाडौं । प्रहरी प्रधान कार्यालयले प्रहरी महानिरीक्षकका सचिवालयमा कार्यरत एसएसपी कार्कीलाई प्रहरी केन्द्रीय प्रवक्ताको जिम्मेवारी तोकेको हो । प्रहरीद्वारा सम्पादित जनसरोकारका काम-कारबाहीलाई यथार्थ तथा तथ्यगतरुपमा सञ्चारमाध्यममा सम्प्रेषण गर्नका लागि एसएसपी कार्कीलाई प्रवक्ताको जिम्मेवारी तोकिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरी वरिष्ठ उपरीक्षक कार्कीलाई ९८५१२९२१११ मा सम्पर्क गर्न सकिने जनाइएको छ । रासस

  (ABC-Sanchar) दाङ । माण्डबी गाउँपालिका–२ तिराम प्युठानका २४ वर्षीय श्याम नेपाली रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । घोराही उपमहानगरपालिका–३ भानपुर चोकस्थित सञ्जीवनी मेडिकलको नयाँ भवनको छत ढलान गर्ने क्रममा आइतबार राति करेन्ट लागेर नेपालीको मृत्यु भएको हो । प्रहरीका अनुसार करेन्ट लागेर घाइते भएका नेपालीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा मृत्यु […]

  ABC (क्राईमबिट) सिन्धुपाल्चोक । पाँचपोखरी थाङपाल गाउँपालिका–६ घर भई काठमाडौं माकलबारी बस्ने १९ वर्षीया अञ्जली अधिकारी छिन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई आइतबार माकलबारीबाटै पक्राउ गरेको हो । उनले सामाजिक सञ्जाल स्ट्रिप च्याटमार्फत उनले यौन व्यवसाय सञ्चालन गरेको प्रहरीको आरोप छ । आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई प्रलोभनमा पारी अनलाइन टाइपिङको […]