३१ बैशाख २०८१, सोमबार
13-05-2024 , Mon
×

हुण्‍डी कारोबार गरेको आरोपमा दुई जना पक्राउ

Logo
Abc Sanchar प्रकाशित शुक्रबार, माघ १२, २०८०

(एबिसि संचार )

हुण्‍डी कारोबार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

केन्द्रीय अनुसन्धान ब्‍युरो (सिआइबी)ले बिहीबार दुई जनालाई स्रोत नखुलेको ३० लाख नगदसहित पक्राउ गरेको एसपी नवराज अधिकारीले जानकारी दिए।

काठमाडौंको अनामनगर बस्ने ५० वर्षीय युवराज प्रसाईं र सुनसरी घर भई बौद्ध नयाँ बस्ती बस्ने ३० वर्षीय विश्वास राई पक्राउ परेका हुन्।

प्रसाईंको घरमा हुण्डी कारोबार भइरहेको भन्ने सूचना प्रहरीले पाएको थियो। उक्त सूचनाको आधारमा खटिएको ब्‍युरोको टोलीले सुरूमा प्रसाईंलाई पक्राउ गरेको थियो। उनीमाथि सोधपुछ गरी प्रहरीले नयाँ बस्तीबाट राईलाई पक्राउ गरेको थियो। उनको कोठामा तलासी लिँदा प्रहरीले स्रोत नखुलेको ३० लाख १८ हजार रुपैयाँ बरामद गरेको थियो।उनीहरूमाथि प्रहरीले नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गत कसुरमा अनुसन्धान अघि बढाएको छ। उनीहरूलाई हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले प्रहरीलाई अनुमति दिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) नेपाल प्रहरीले ठूलो संख्यामा प्रहरी निरीक्षक (इन्सपेक्टर)को सरुवा गरेको छ । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरको बुधबारको निर्णयअनुसार ५१९ जना इन्सपेक्टरहरूको सरुवा गरिएको हो । सरूवा भएकामध्ये केही काजमा रहेका छन् । सरुवा भएकाहरूले आगामी जेठ महिनादेखि तलबभत्ता अहिले सरुवा भएको दरबन्दीबाटै पाउनेछन् ।

(उपेन्द्र प्रताप सिंह )                                                            बाँकेको कोहलपुरमा प्रहरीले प्रहार गरेको गोली लागेर घाइते भएका २६ वर्षीय सुशील परियारको भेरी अस्पतालमा उपचार भइरहेको छ । उनको बायाँ खुट्टामा […]

(पम्पि घोष)                                                                      जिल्ला प्रहरी कार्यालय झापाले आज बिहान १० लाख बराबरको अवैध कपडा बरामद गरेको छ । प्रहरी चौकी तिरिङखोलाबाट प्रहरी […]