२९ बैशाख २०८१, शनिबार
11-05-2024 , Sat
×

रुसी सेनामा भर्ती भई गोली लागेका एक युवक शुक्रबार नेपाल आइपुगे

Logo
Abc Sanchar प्रकाशित शुक्रबार, माघ १२, २०८०

(एबिसि संचार )

रुसी सेनामा भर्ती भई गोली लागेका एक युवक शुक्रबार नेपाल आइपुगेका छन् । यात्रामा स्वास्थ्य समस्या देखिएपछि उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधैँ अस्पताल ल्याइएको टिचिङ अस्पताल स्रोतले बताएको छ ।

रुस–युक्रेन युद्धमा खटिएका कैलालीका २४ वर्षीय युवकको बायाँ हात र दायाँ खुट्टामा गोली लागेको थियो । रुसकै अस्पतालमा गोली निकालिएका उनको घाउ निको भइसकेको छ । तर, यात्राका क्रममा स्वास्थ्य समस्या देखिएपछि अस्पताल ल्याइएको अस्पतालका एक अधिकारीले बताए ।नेपाली दूतावासको पहलमा नेपाल आएका उनको स्वास्थ्य अवस्था सामान्य रहेको पनि ती अधिकारीले बताए । युवक दलालमार्फत् गत मंसिर ४ गते रुसतर्फ गएको खुलेको छ ।(रास्स)

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) नेपाल प्रहरीले ठूलो संख्यामा प्रहरी निरीक्षक (इन्सपेक्टर)को सरुवा गरेको छ । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरको बुधबारको निर्णयअनुसार ५१९ जना इन्सपेक्टरहरूको सरुवा गरिएको हो । सरूवा भएकामध्ये केही काजमा रहेका छन् । सरुवा भएकाहरूले आगामी जेठ महिनादेखि तलबभत्ता अहिले सरुवा भएको दरबन्दीबाटै पाउनेछन् ।

(उपेन्द्र प्रताप सिंह )                                                            बाँकेको कोहलपुरमा प्रहरीले प्रहार गरेको गोली लागेर घाइते भएका २६ वर्षीय सुशील परियारको भेरी अस्पतालमा उपचार भइरहेको छ । उनको बायाँ खुट्टामा […]

(पम्पि घोष)                                                                      जिल्ला प्रहरी कार्यालय झापाले आज बिहान १० लाख बराबरको अवैध कपडा बरामद गरेको छ । प्रहरी चौकी तिरिङखोलाबाट प्रहरी […]