२९ बैशाख २०८१, शनिबार
11-05-2024 , Sat
×

३ दिनदेखि धनगढी–काठमाडौँको उडान प्रभावित

Logo
Abc Sanchar प्रकाशित आइतबार, माघ १४, २०८०

(एबिसि संचार )                                                                गएको ३ दिनदेखि धनगढी–काठमाडौँको उडान प्रभावित भएको छ । गएको शुक्रबारदेखि लागेको बाक्लो हुस्सुको कारण उडान प्रभावित भएको जनाइएको छ ।धनगढी विमान स्थल कार्यालयका वरिष्ठ अधिकृत दीपक भट्टका अनुसार शुक्रबार धनगढी–काठमाण्डौंको एउटा मात्र उडान भयो । भने शनिबार सबै उडान ठप्प भएको भट्टले जानकारी दिए । आज आइतबार पनि बिहानैदेखि अकास नखुलेकोले दिउँसो मात्रै उडानबारे थाहा हुने बताइएको छ ।धनगढीबाट उडान भर्नका लागि १७०० मिटरसम्म आँखाले देखिनुपर्ने हुन्छ । तर आज १०० मिटरसम्म मात्रै देखिएको बताइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) नेपाल प्रहरीले ठूलो संख्यामा प्रहरी निरीक्षक (इन्सपेक्टर)को सरुवा गरेको छ । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरको बुधबारको निर्णयअनुसार ५१९ जना इन्सपेक्टरहरूको सरुवा गरिएको हो । सरूवा भएकामध्ये केही काजमा रहेका छन् । सरुवा भएकाहरूले आगामी जेठ महिनादेखि तलबभत्ता अहिले सरुवा भएको दरबन्दीबाटै पाउनेछन् ।

(उपेन्द्र प्रताप सिंह )                                                            बाँकेको कोहलपुरमा प्रहरीले प्रहार गरेको गोली लागेर घाइते भएका २६ वर्षीय सुशील परियारको भेरी अस्पतालमा उपचार भइरहेको छ । उनको बायाँ खुट्टामा […]

(पम्पि घोष)                                                                      जिल्ला प्रहरी कार्यालय झापाले आज बिहान १० लाख बराबरको अवैध कपडा बरामद गरेको छ । प्रहरी चौकी तिरिङखोलाबाट प्रहरी […]