२१ बैशाख २०८३, सोमबार
04-05-2026 , Mon
×

नेपाल र जोर्डन भिड्दै

Logo
Abc Sanchar प्रकाशित बिहिबार, फाल्गुण १७, २०८०

(एबिसि संचार )                                                                एसोसिएसन (वाफ) महिला फुटबल च्याम्पियनसिपको फाइनलमा आज नेपालले जोर्डनसँग भिड्दैछ । साउदी अरेबियामा जारी उक्त प्रतियोगिताको फाइनल खेल नेपाली समयअनुसार राति ९ः४५ बजे सुरु हुनेछ ।फाइनलमा नेपालकी प्रभावशाली स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’को उपस्थिति रहने छैन । अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार, सावित्रा फ्रान्सेली क्लब ईभी गुइनगाम्पबाट व्यावसायिक फुटबल खेल्छिन् । त्यसैले वाफ च्याम्पियनसिपको फाइनलअघि नै उनी फ्रान्स फर्कनेछिन् ।विश्व फुटबल महासंघ (फिफा)को नियम अनुसार राष्ट्रिय टोलीको खेल फिफा विन्डोमा रहेको अवस्थामा मात्र खेलाडीले देशको प्रतिनिधित्व गर्नुपर्ने हुन्छ । तर, वाफ च्याम्पियनसिप फिफा विन्डोभन्दा बाहिर छ । त्यसैले उनी नेपालको फाइनल खेल छाडेर व्यावसायिक फुटबल खेल्न फ्रान्स फर्कनु परेको हो ।

साम्बाले समूहगत चरणमा सिरियाविरुद्ध एक गोल, इराकविरुद्ध पाँच गोल र प्यालेस्टाइनविरुद्ध दुई गोल गरेकी थिइन् । लेबनानविरुद्धको सेमिफाइनल खेलमा पनि उनले एक गोल गरेकी थिइन् । सेमिफाइनलमा नेपालले लेबनानलाई २–१ गोलले हराएको थियो ।

नेपाल समूह ‘बी’को विजेता बन्दै सेमिफाइनलमा पुगेको थियो । जोर्डन समूह ‘ए’बाट सेमिफाइनलमा प्रवेश गरेको थियो । जोर्डनले पनि समूहगत चरणमा आफ्नो तीनवटै खेल जितेको छ ।
जोर्डनले पहिलो खेलमा आयोजक साउदी अरेबियालाई ३–१, दोस्रो खेलमा ग्वामलाई ३–० र तेस्रो खेलमा लेबननलाई २–० गोलले हराएको थियो भने सेमिफाइनलमा प्यालेस्टाइनमाथि ५–० गोलको फराकिलो जित हात पारेको थियो  ।  नेपाल र जोर्डनबिच आज हुने फाइनल खेल निकै रोमाञ्चक हुने अनुमान गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लुम्बिनी फुटबल एकेडेमीले आयोजना गरेको लुम्बिनी, डोल्पो, यौङ स्टार मैत्रिपूर्ण फुटबल खेल घोराहीमा भव्य रुपमा सम्पन्न भएको छ। पोखरा स्थित योङ स्टार, काठमाडौं स्थित डोल्पो क्लब, घोराही स्थित लुम्बिनी फुटबल एकेडेमी बीच १३ वर्ष र १६ वर्ष मुनिका खेलाडीहरू बीच प्रतिस्पर्धा भएको थियो। प्रतियोगितामा विजयीहरूलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव […]

  दाङ । गत वर्षको तुलनामा यो वर्ष यहाँ धान उत्पादनमा १० प्रतिशतले वृद्धि भएको छ । यस वर्ष एक लाख ७८ हजार सात सय मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका सूचना अधिकारी पृथ्वीराज लामिछाका अनुसार यो वर्ष ३६ हजार एकसय आठ हेक्टर क्षेत्रफलमा खेती गरिएको थियो । पर्याप्त […]

बाँके । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको आयोजना तथा मातहत पोष्टहरुले बाँके जिल्लाका विभिन्न विद्यालय तथा महेन्द्र राजामर्ग ,हुलाकि राजमार्ग ,रत्न राजमार्गका विभिन्न स्थानहरुमा मानिसहरु भेला जम्मा गराई ट्राफिक सचेतना अन्तर्गत सवारी दुर्घटना न्यूनीकरणका लागी चालक ,सह-चालक, सर्वसाधारण, सडक प्रयोग कर्ता,विद्यार्थि, साईल यात्रीहरुलाई सवारी दुर्घटना बाट बच्ने उपायहरु , ट्राफिक नियमका बारेमा यस कार्यालय तथा […]

error: Content is protected !!