(एबिसि संचार )
पोखरामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । शुक्रबार काठमाडौंबाट पोखरा घुम्न गएका दुई युवाको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको हो ।
लेकसाइडबाट जिरो किलोेतर्फ जाँदै गरेको बुलेट मोटरसाइकल सडक बीचमा रहेको डिभाइडरमा ठोक्किएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा कैलालीको सोरहनपुर गाउँपालिका–३ का २८ वर्षीय महेश आचार्य र जानकी गाउँपालिका–३ का ३० वर्षीय शैलेन्द्र कुमार उपाध्यायको मृत्यु भएको हो ।