२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

१० महिनामा नेपालीले ८ अर्ब रुपैयाँको विदेशी चामल खाएको एक तथ्यांक

Logo
Abc Sanchar प्रकाशित बिहिबार, जेठ १०, २०८१

(ABC-Sanchar)
काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को १० महिनामा ८ अर्ब बढी रुपैयाँको चामल आयात भएको हो ।

भन्सार विभागको तथ्यांक अनुसार ७७ हजार मेट्रिक टनको चामल आयात भएको छ । सो बापत ८ अर्ब ६४ करोड रुपैयाँ खर्च भएको तथ्यांकमा उल्लेख छ । सो मूल्य बराबरको चामल नेपालीले उपभोग गरेको बुझिएको छ ।

यस्तै, चालु आर्थिक वर्षमा सरकारले चामल आयात गरे बापत ९२ करोड राजस्व संकलन गरेको छ ।

बासमती चामल, उसिना चामल लगायत आयात गरिएको विभागले जनाएको छ । ती चामल भारत, चीन, थाइल्यान्ड लगायत मुलुकबाट आयात भएको विभागको तथ्यांकमा उल्लेख छ ।

चालु आर्थिक वर्षमा चामलसहित ८ लाख ४९ हजार मेट्रिक टन खाद्यान्न आयात भएको छ । सो खाद्यान्न आयात गर्दा ४० अर्ब ०७ करोड रुपैयाँ खर्च भएको छ । चामल धान, मकै, गहुँ, चामल लगायत खाद्यान्न आयात भएको हो । २ अर्ब ५३ करोड रुपैयाँ सरकारले राजस्वा संकलन गरेको छ ।

नेपालमा इटाली, भारत, चीन, इन्डोनेसिया, अमेरिका, ब्रजिल लगायत मुलुकबाट खाद्यान्न आयात गरिएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । प्रोत्साहन कार्यक्रमअन्तर्गत ‘घोराही बनाऔँ अभियान’ र नेपाली जुत्ता घरले मंगलबार घोराही बजारका विभिन्न चोक तथा सार्वजनिक क्षेत्रमा श्रम तथा विभिन्न पेशा–व्यवसायमा सक्रिय व्यक्तिहरूलाई जुत्ता–चप्पल उपहार प्रदान गरेको छ। दैनिक रूपमा श्रम गर्ने, व्यवसाय सञ्चालन गर्ने, सडक तथा बजार क्षेत्रमा विभिन्न सेवा प्रदान गर्ने महिला तथा पुरुषहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। […]

दाङ । आजबाट नेवा: समुदाय*को यस वर्षको मुख्य जात्रा र चाडपर्वको सुभारम्भ भएको छ। नेवार समुदायको संस्कृतिमा वर्षभरि मनाइने जात्रा, पूजा र चाडपर्वको एउटा निश्चित क्यालेण्डर हुन्छ। दाङको घोराही, तुलसीपुर र अन्य क्षेत्रमा बसोबास गर्ने नेवा: समुदायले पनि काठमाडौं उपत्यकाको परम्परा अनुसार नै यी पर्वहरू मनाउने गर्छन्। सुभारम्भसँगै सुरु हुने मुख्य पर्वहरू गाईजात्रा भाद्रमा पर्ने, […]

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]