२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

ड्यूटीको क्रममा घाइते तथा अशक्त भएका प्रहरी एवं परिवारलाई शैक्षिक छात्रवृत्तिको प्रमाण-पत्र वितरण

Logo
(सागर थापा) प्रकाशित बिहिबार, आषाढ २७, २०८१

(सागर थापा)
बुटवल । इलाका प्रहरी कार्यालय बुटवल, रुपन्देहीको बैठक कक्षमा नेपाल प्रहरी श्रीमती संघबाट तयार गरीएको “नेपाल प्रहरी श्रीमती संघ छात्रवृत्ति अक्षयकोष कार्यविधी २०८०” अन्तर्गत ड्यूटीको सिलसिलामा घाइते तथा अशक्त भई नेपाल प्रहरी अस्पताल र अन्य अस्पतालको कोल्ड वार्डमा उपचाररत रही

 

पुन: काममा फर्किन नसक्नु हुने प्रहरी कर्मचारीका आश्रित सन्ततिहरुलाई शैक्षिक छात्रवृत्ति प्रमाण पत्र सम्बन्धित निजको परिवारलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ तुल्सीपुरका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक डिआईजी कुवेर कडायतबाट निम्नानुसार शैक्षिक छात्रवृत्ति प्रमाण-पत्र बितरण गर्नु भई कार्यक्रम सम्पन्न भएको छ ।

 

१- प्रहरी जवान ओम प्रकाश दर्जीको छोरी दिपशिखा दर्जी
कक्षा -२ अन्नपुर्ण बोर्डिङ स्कुल नवलपरासी(पश्चिम) ।
२- प्रहरी कार्यालय सहयोगी सुरेश दमैको छोरी सुष्मु परियार कक्षा-६ कोलिय ईङगलिस बोर्डिङ स्कुल, रुपन्देही ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । प्रोत्साहन कार्यक्रमअन्तर्गत ‘घोराही बनाऔँ अभियान’ र नेपाली जुत्ता घरले मंगलबार घोराही बजारका विभिन्न चोक तथा सार्वजनिक क्षेत्रमा श्रम तथा विभिन्न पेशा–व्यवसायमा सक्रिय व्यक्तिहरूलाई जुत्ता–चप्पल उपहार प्रदान गरेको छ। दैनिक रूपमा श्रम गर्ने, व्यवसाय सञ्चालन गर्ने, सडक तथा बजार क्षेत्रमा विभिन्न सेवा प्रदान गर्ने महिला तथा पुरुषहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। […]

दाङ । आजबाट नेवा: समुदाय*को यस वर्षको मुख्य जात्रा र चाडपर्वको सुभारम्भ भएको छ। नेवार समुदायको संस्कृतिमा वर्षभरि मनाइने जात्रा, पूजा र चाडपर्वको एउटा निश्चित क्यालेण्डर हुन्छ। दाङको घोराही, तुलसीपुर र अन्य क्षेत्रमा बसोबास गर्ने नेवा: समुदायले पनि काठमाडौं उपत्यकाको परम्परा अनुसार नै यी पर्वहरू मनाउने गर्छन्। सुभारम्भसँगै सुरु हुने मुख्य पर्वहरू गाईजात्रा भाद्रमा पर्ने, […]

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]