२६ बैशाख २०८३, शनिबार
09-05-2026 , Sat
×

आइसियु नै नभएको अस्पतालमा अप्रेसन पछि गर्भवतीको मृत्यु आफन्तको बिरोध

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, साउन १८, २०८१

रुपन्देही । भैरहवा आइसियु नै नभएको रुपन्देहीको तिलोत्तमा ४ स्थित ओम अस्पतालमा प्रसुती गराउन गएकी एक महिलाको अप्रेसनका क्रममा मृत्यु भएपछि मृतकका आफन्तले अस्पतालको लापरबाहीले यस्तो भएको भन्दै आन्दोलन थालेका छन् ।

मणिग्रामस्थित शान्ति नमूना माविमा अध्यापनरत सिर्जना पौडेलको अप्रेशनबाट बच्चा जन्माइसकेको केही घण्टामा मृत्यु भएपछि आफन्तले आन्दोलन थालेका हुन् ।

मंगलबार साँंझ उनलाई सुत्केरी गराउन ओम अस्पतालमा लगिएपछि सर्जरी गरेर साढे आठ बजे छोरी जन्मेको थियो । आफन्तका अनुसार अपरेशन गरेर होसमा आइ बुधबार दिउसो छोरीलाई हेरेर खुसी भएकी थिइन् ।

मृतकका आफन्त गंगाधर भण्डारीका अनुसार बुधबार तीन बजेपछि चिकित्सकहरु हडबडाएको देखियो । त्यसपछि उनलाई आईसियूमा राख्नुपर्ने भन्ने कुरा भयो । तर सो अस्पतालमा आइसियू थिएन । ‘शल्यक्रिया हुने अस्पतालमा आइसियूसम्म नहुनु दुर्भाग्यपूर्ण देखियो’, मृतकका दाजु पर्ने गंगाधरले भने, ‘त्यसपछि त्यहाँंबाट रिफर गरेर लुम्विनी प्रादेशिक अस्पतालमा लगियो ।”

त्यहाँं लगेर रगत चेकजाँंच गर्दा रगतमा खराबी देखियो । अपरेशन गर्नु अगाडिसम्म ठिक भएको उनको रगतमा संक्रमण देखियो । उनलाई सेतो रगतको आवश्यकता पर्यो । यसैका लागि बुटवल रक्तसञ्चार केन्द्रमा पुगेर खोजियो । तर त्यहाँ रगतलाई सेतो बनाउने मेशिन नचलेको रहेछ । त्यसपछि फेरि रगतलाई ह्वाइट रगत बनाउन भैरहवा मेडिकल कलेज लगियो । यी सबै काम गर्दा राति १२ बजिसकेको थियो । जतिबेला सिर्जनाको निधन भैसकेको थियो ।

दिउँसोसम्म केही नभएकी सुत्केरीको तीन बजेबाट पिसाब रोकिएको उपचारमा संलग्न प्रसुती रोग विशेषज्ञ डा.शर्मिला शर्माले बताइन् । ‘पिसाब रोकिएपछि म लगायत फिजिसियन र अल्ट्रासाउण्ड गर्ने चिकित्सकहरु समेत बोलाएर हेरियो, तर शल्यक्रियाका क्रममा कुनै खरावी नभै अन्य कुनै कारणले पिसाव रोकिएको पाइयो, त्यसपछि बिरामीको प्लेटलेट्स पनि घट्दै गयो र ३५ हजारसम्म झर्यो’, डा. शर्माले भनिन्, ‘यो एक हजारमा एक जनालाई हुने संभावना रहन्छ ।’

अकस्मात स्वास्थ्य जटिल भएको र त्यहाँदेखि लुम्विनी प्रादेशिक अस्पतालमा लगेको केही घण्टाभित्रै अकस्मात मृत्यु भएको भन्दै आफन्तहरुले दोषीमाथि कारबाहीको माग गरेका छन् । आइसियु नै नभएको अस्पतालमा शल्यक्रिया गर्न दिने व्यवस्था, ब्लड बैङ्कमा सेतो प्लेटलेट्स बनाउने मेशिन नै नचलेको अवस्थाले अकालमा ज्यान गुमेको भन्दै आफन्तले दुःख व्यक्त गरेका छन् । मृतक सृजनाले छोरी जन्माएकी थिइन् । उनको यो दोश्रो सन्तान हो ।

उनको यसअघिकी ६ वर्षीया छोरी अटिजमकी विरामी हुन् । यसले ती दुवै छोरीको भविष्य अन्धकार भएको छ । दुवैको पालनपोषण कसरी गराउने चिन्ता बढेको उनीसँग परिचित हुमराज भुसाल बताउँछन् । रुपन्देहीजस्तो यति धेरै अस्पताल भएको ठाउँमा आइसियु नै नभएको अस्पतालमा यस्ता गम्भीर प्रकृतिको अपरेशन किन गरियो भन्ने प्रश्न उठेको र स्वास्थ्यलाई व्यवसायसँग जोडेर हेरिएकाले पनि यस्तो समस्या आएको उनको भनाइ छ ।

मृतकका भाइ सुरज पौडेलका अनुसार आइसियु नै नभएको अस्पतालमा यस्तो प्रकृतिका अपरेशन कसरी गरियो, समयमा रिफर किन गरिएन भन्ने गम्भीर प्रश्नको जवाफ अस्पतालले दिन सकेको छैन । त्यसो त यहाँस्थित रेडक्रसले पनि समयमा ह्वाइट ब्लड उपलब्ध गराउन नसकेको हो । अहिले यो घटनाको छानविन गरी दोषीलाई कारबाहीको माग गर्दै पीडित परिवारलाई उचित क्षतिपूर्तिको माग गर्दै आन्दोलन सुरु भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सर्लाही । के भएको थियो:* सर्लाहीको लालबन्दी नगरपालिका अन्तर्गतका केही सामुदायिक विद्यालयमा युट्युबरहरू पठनपाठन भइरहेकै बेला विद्यालय परिसरमा प्रवेश गरेर अनावश्यक भिडियो अन्तर्वार्ता लिने गरेको गुनासो आयो। यसले शैक्षिक गतिविधिमा बाधा पुगेको विद्यालयहरूको भनाइ छ। 2266 *मेयरको वक्तव्य/नगरको धारणा:* लालबन्दी नगरपालिकाले सार्वजनिक विज्ञप्तिमार्फत ध्यानाकर्षण गराएको छ। नगरले युट्युबरहरूले पठनपाठन सञ्चालन भइरहेको अवस्थामा विद्यालयभित्र पसेर शैक्षिक […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय, हलचोक काठमाडौं *कार्यक्रम विवरण:* सशस्त्र प्रहरी बलको पूर्व संगठन “पूर्ब सँघ” द्वारा आयोजित कार्यक्रममा नव नियुक्त IGP नारायण दत्त पौडेलज्यूलाई भव्य स्वागत गरियो। साथै निवर्तमान IGP श्रद्धेय राजु अर्यालज्यूलाई पनि पूर्ब सँघमा सम्मानपूर्वक स्वागत गरिएको छ। *IGP नारायण दत्त पौडेल:* नेपाल सरकारको मन्त्रिपरिषद् निर्णयबाट सशस्त्र प्रहरी बलको […]

दाङ । *कार्यक्रम विवरण:* – *आयोजक*: मुस्लिम आयोग – *विषय*: मुस्लिम समुदायको सशक्तीकरणका लागि सरोकारवालासँग अन्तर्क्रिया – *अध्यक्षता*: आयोगका का.वा. अध्यक्ष श्री महमद अलि – *प्रमुख अतिथि*: प्रतिनिधिसभा सदस्य श्री सजिदा खातुन सिद्दिकी *सहभागी:* प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, मेयर, उपमेयर, बुद्धिजीवी, पत्रकार तथा मुस्लिम समुदायका बुद्धिजीवीहरूले मन्तव्य राखेका थिए। *विशेष सम्मान:* जामे मस्जिद […]

error: Content is protected !!