२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

नेपाल प्रहरीको इन्सपेक्टरहरुको सरुवा पछी डीएसपीहरुको सरुवा तयारी आईजिपी कुँवर

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, भाद्र २४, २०८१

 

काठमाडौं । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार केही जिल्ला तथा विभिन्न युनिटका डीएसपीहरुको सरुवा तयारी थालिएको छ। सरुवाको गृहकार्य भैरहेको र केही दिनमै सरुवा हुने स्रोतको दाबी छ।

यस्तै डीएसपीपछि एसपीहरुको पनि सरुवाका लागि गृहकार्य थालिएको छ। डीएसपीपछि एसपीहरुको सरुवा हुनेछ।

यसैक्रममा सरुवा–बढुवामा अत्याधिक चलखेल हुन थालेको पाइएको छ। चलखेल हुन थालेपछि प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले नै प्रहरी अधिकारीलाई नेता भेट्न रोक लगाएका छन्।

अफिसियल काम बाहेकको अवस्थामा नेतालाई भेटे विभागीय कारबाही हुने भन्दै प्रहरी प्रधान कार्यालयले परिपत्र गरेको हो।

डीएसपी तथा एसपीहरुले गृहमन्त्री निकटका व्यक्तिलाई भेटेर सरुवामा चलखेल गराउन खोजेको बुझिएको छ।आजमात्र चलखेल रोक्न गरिएको परिपत्रमा समेत संगठनमाथि अनावश्यक दबाब र प्रभावको सिर्जना गर्न खोजेको उल्लेख छ।

परिपत्रिमा भनिएको छ ,‘विभागीय नीतिनियमको धज्जी उडाउने, सांगठनिक गोपनीयता भंग गर्ने, नागरिक–प्रहरीबीचको अनुशासनात्मक एवं व्यवसायिक विश्वासको प्रतिकूल एवं पदीय दायित्वअनुसारको जिम्मेवारी निर्वाह गर्दा खरो रुपमा उत्रनु पर्नेमा सो नगरी शक्तिका अगाडि समर्पित हुने गरी कुनै विशेष व्यक्ति र शक्तिको अगाडि नतमस्तक भई संगठनमाथि अनावश्यक दबाब र प्रभावको सिर्जना गरी जिम्मेवारी प्रति उदासिन रहने गरेको भन्ने घटनाप्रति प्रहरी प्रधान कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ।’

अत्यधिक चलखेलकै कारण प्रहरीको एसपी र डीएसपी सरुवामा ढिलाई भएको हो। यस अगाडि इन्सपेक्टर सरुवामा पनि गृहमन्त्रीका मान्छेले निकै चलखेल गरेको चर्चा छ।

गृहमन्त्री रमेश लेखक निकटका इन्सपेक्टरले मालदार स्थानमा इन्चार्ज पाएको बताइएको छ। यस्ता सरुवामा आर्थिक चलखेल समेत हुने गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । प्रोत्साहन कार्यक्रमअन्तर्गत ‘घोराही बनाऔँ अभियान’ र नेपाली जुत्ता घरले मंगलबार घोराही बजारका विभिन्न चोक तथा सार्वजनिक क्षेत्रमा श्रम तथा विभिन्न पेशा–व्यवसायमा सक्रिय व्यक्तिहरूलाई जुत्ता–चप्पल उपहार प्रदान गरेको छ। दैनिक रूपमा श्रम गर्ने, व्यवसाय सञ्चालन गर्ने, सडक तथा बजार क्षेत्रमा विभिन्न सेवा प्रदान गर्ने महिला तथा पुरुषहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। […]

दाङ । आजबाट नेवा: समुदाय*को यस वर्षको मुख्य जात्रा र चाडपर्वको सुभारम्भ भएको छ। नेवार समुदायको संस्कृतिमा वर्षभरि मनाइने जात्रा, पूजा र चाडपर्वको एउटा निश्चित क्यालेण्डर हुन्छ। दाङको घोराही, तुलसीपुर र अन्य क्षेत्रमा बसोबास गर्ने नेवा: समुदायले पनि काठमाडौं उपत्यकाको परम्परा अनुसार नै यी पर्वहरू मनाउने गर्छन्। सुभारम्भसँगै सुरु हुने मुख्य पर्वहरू गाईजात्रा भाद्रमा पर्ने, […]

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]