०२ आश्विन २०८३, शुक्रबार
18-09-2026 , Fri
×

चार्डपर्वमा घर देखि लामो समय टाढा जाँदा प्रहरीलाई जानकारी दिन DIG: शाह को अनुरोध

Logo
प्रकाशित आइतबार, आश्विन १२, २०७६

  • सागर थापा

असोज १२,दाङ । चार्डपर्वको समयमा लामो समय घर छाडेर जाने जिल्ला बासीलाई घर छाड्नु अघि प्रहरीलाई जानकारी दिन सुरक्षा निकायले सम्पूर्णलाई अनुरोध गरेको छ ।

५. नम्बर प्रदेश प्रहरी कार्यालय तुल्सीपुरले जनतालाई आफूसँग बहुमूल्य सामग्री भए, त्यसबारे पनि नजिकैको प्रहरी कार्यालयलाई जानकारी दिन अनुरोध गरेको छ। ५. नम्बर प्रदेश प्रहरीले सार्वजनिक गरेको चार्डपर्वलाई लक्षित गरि सुरक्षा योजना अनुसार प्रहरीले कुनै पनि घटना भए तत्काल प्रहरी र छिमेकीलाई समेत जानकारी दिन आग्रह गरेको छ।

‘हामीले चार्डपर्व लक्षित सुरक्षा अन्तर्गत बैंक वित्तीय संस्था, सपिङ मल धेरै भीडभाड हुने क्षेत्रमा बढी सुरक्षाकर्मी परिचालन गरेका छौं।’ सार्वजनिक सुरक्षा योजनाबारे जानकारी गराउँदै ५. नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक डिआइजी सुरेश बिक्रम शाहले भन्नुभयो। विशेष गरी जिल्लाबाट बाहिर जाने भित्रिने नाकामा बाक्लो प्रहरी चेकजाँच गर्ने व्यवस्था मिलाएको छ।

५. नम्बर प्रदेश प्रहरी प्रमुख डिआइजी शाहले विशेष गरी सुरक्षाकर्मीको प्रभावकारी परिचालन, दुरुस्त कारबाही शीघ्र र सहज सेवा पहुँचको व्यवस्था मिलाएर चाडपर्वलाई सुरक्षित वातावरणमा सम्पन्न गराउने विशेष सुरक्षा सतर्कता अपनाउने, चोरी डकैतीलाई नियन्त्रण गर्न विशेष टोली परिचालन गर्ने, मापसे चेकिङलाई कडाइ गर्ने लगायतका सुरक्षा योजना तयार गरिएको बताउनुभयो।

जस अनुसार सबै जिल्लाहरुमा पैदल गस्ती अस्थायी पिकेटिङ साइकल र मोटरसाइकल सीआरभी र मोबाइल गस्ती तोकिएका छन्। त्यस्तै सादा पोसाकका प्रहरी सूचना संकलन टोली सिल एन्ड सर्च कर्डन सर्च स्थानमै एम्बुसिङ र निगरानी गर्ने भएको डिआइजी शाहले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल प्रहरीले जनपद प्रहरी समूहतर्फ प्रहरी सहायक निरीक्षक (असई) पदमा नयाँ भर्ना आह्वान गरेको छ । प्रहरी प्रधान कार्यालयले आज  प्रकाशित गरेको सूचनाअनुसार  प्रहरी सहायक निरीक्षक (जनपद)तर्फ २११ पद असईमा नयाँ भर्ना आह्वान गरेकाे हाे ।  खुलातर्फ  ११४ जना मागेकाे छ भने  बाँकी पदहरू समावेशी समूहतर्फ राखिएको प्रहरीले जनाएको छ। असई पदका लागि […]

बाँके । नेपालगन्ज भारतबाट अवैध रुपमा भन्सार छली गरि ल्याइएको प्रतिबन्धित सामान खाने तेल ल्याउन पाइँदैन, प्रहरीले जफत नै गर्छ। यो नियम सबैका लागि बराबर हो। जमुनाहा नाकामा खटिएका सशस्त्र प्रहरी तथा नेपाल प्रहरीले आफ्नो ज्यान जोखिममा राखेर देशको कानुनको रक्षा गरिरहेका छन्। राज्यको कानुन कार्यान्वयन गर्ने राष्ट्रसेवक कर्मचारीमाथि हातपात र गालीगलौज गर्नु अत्यन्तै निन्दनीय […]

दाङ । लुम्बिनी प्रदेशको राजधानी क्षेत्र अन्तरगत पर्ने भालुवाङ बजार नजिकै अर्घाखाँचीको सितगंगा नगरपालिका–८ सातमारामा विश्वकर्मा भगवानको मन्दिर निर्माण गरियो । आफ्नै बजेटमा त्रिसिद्धेश्वरी राप्ती यातायात सेवा प्रालिले सामाजिक सामाजिक परोपकार सम्झिएर मन्दिरको निर्माण प्रक्रिया अगाडि बढाएको थियो । मन्दिर निर्माता त्रिशिद्धेश्वरी राप्ती यातायात प्रालिले करिब ६ लाख रकम बराबरको लागतमा नेपाल पत्रकार महासंघ लुम्बिनी […]