३१ जेठ २०८३, आइतबार
14-06-2026 , Sun
×

ट्रकले एम्बुलेन्सलाई ठक्कर दिदा नवजात शिशु सहित दुई जना को मृत्यु

Logo
प्रकाशित आइतबार, मंसिर २२, २०७६

  1. महेन्द्र सिंह
    बाँके मंसिर २२ बाँकेमा एम्बुलेन्स र ट्रक ठोक्किदा १४ दिने शिशुसहित दुई जनाको मृत्यु भएको छ ।
    जिल्ला ट्राफिक बाँकेका अनुसार नेपालगञ्जबाट दाङ जाँदै गरेको रा १ ज १६१ नम्बरको एम्बुलेन्स र विपरीत दिशाबाट आइरहेको ना ८ ख ५४३२ नम्बरको ट्रक शनिबार पुर्व पश्चिम राजमार्गको जिरो प्वाईन्ट नजिक ठोक्किदा नाबालकसहित दुई जनाको मृत्यु भएको हो ।
    मृत्यु हुनेमा दाङ दंगीशरण गाउँपालिका वडा नं. ५ खलुवाचिस निवासी तिलकराम खड्काका १४ दिनका छोरा र एम्बुलेन्स चालक सल्यान छत्रेश्वरी गाउँपालिका– १ निबासी चित्रबहादुर सुनार रहेका छन् ।
    दुर्घटनामा परेर मृतक शिशुका वुवा तिलकराम र आमा मालति खड्का घाइते भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रबक्ता डिएसपी शिव सिंहले बताए । दुवै जनाको उपचारको क्रममा मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको थियो । दुर्घटना हुँदा अन्य तीन जना गम्भीर घाईते भएको बाँके प्रहरीले जानकारी दिएको छ । तिलकराम उपचार पश्चात डिस्चार्ज भइसकेका छन् भने गम्भिर घाइते भएकी मालतीको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । तीन दिन अघि बच्चाको उपचार गर्न गएको खड्का परिवार शनिबार एम्बुलेन्समा दाङ फर्किदै गर्दा दुर्घटनामा परेको हो । एम्बुलेन्स छत्रेश्वरी गाउँपालिकाको रहेको बाँके प्रहरी प्रबक्ता डिएसपी सिंहले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

धनगढी । *घटना के भयो भन्ने बुझाइ:* डिभिजन वन कार्यालय धनगढीका कर्मचारीहरूले सडक छेउमा पसल गर्ने गरिब परिवारको टेम्पो सामान झार्ने समय नदिई जबरजस्ती भिरबाट खसालिदिए। अब त्यो परिवारको जीविकोपार्जन नै टुटेको छ र उनीहरू न्याय माग्दै छन्। *कानून के भन्छ?* 1. *सडक छेउमा व्यापार*: सरकारी जग्गा/सडक मिचेर व्यापार गरे रोक्न पाइन्छ। तर प्रक्रिया छ […]

एजेन्सी । भारतको असमको जोरहाटस्थित रौरिया इन्डियन एयरबेसमा शनिबार बिहान १० बजे अवतरणका क्रममा भारतीय वायुसेनाको एउटा विमान दुर्घटनाग्रस्त भएको छ। यस दुखद दुर्घटनामा पाइलटसहित ५ जना जवानको मृत्यु भएको छ भने एक जना को-पाइलट घाइते भएका छन्। ज्यान गुमाउनेहरूमा स्क्वाड्रन लिडर प्रशान्त सिंह, फ्लाइट लेफ्टिनेन्ट शुभम कुमार, सार्जेन्ट जितेन्द्र शर्मा, अग्निवीरवायु खेमाराम कुमावत र […]

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५९८ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १७ लाख ८६ हजार  ५०१ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका १९९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६७, संकेत बत्ती उल्लंघनकर्ता १२० र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका […]

error: Content is protected !!