२४ आश्विन २०८३, शनिबार
10-10-2026 , Sat
×

अपराध नियन्त्रणमा समुदायको सहयोग र सहकार्य जरुरी छ बर्दिया प्रहरी प्रमुख: बास्तोला

Logo
प्रकाशित आइतबार, मंसिर २२, २०७६

महेन्द्र सिंह (क्राईमबिट)
बर्दिया मङ्सिर २२ बर्दियाका प्रहरी प्रमुख राजेश नाथ वस्तोलाले लैङ्गिक हिंसा, मानव बेचबिखन, लागू औषधको सेवन तथा ओसापसार नियन्त्रणका लागि समुदायको सहयोग र सहकार्य जरुरी रहेको बताएका छन।
जिल्ला प्रहरी कार्यालयको समन्वयमा १० नम्बर वडा कार्यालय गुलरियाले सुइया हाट बजार काला बन्जारमा आयोजना गरेको लैङ्गिक हिंसा विरुद्धको १६ दिने दिने अभियान कार्यकमलाई मंसिर २२ गते सम्बोधन गर्दै प्रहरी उपरीक्षक बास्तोलाले सीमित साधन स्रोत तथा जनशक्तिका बीच बर्दिया प्रहरीले शान्ति सुरक्षा, विकास र मानव अधिकारको लागि काम दिनरात काम गरिरहेको बताए ।
शान्ति सुरक्षा कायम गर्न तथा अपराध नियन्त्रण गर्न नेपाल प्रहरी सक्षम रहेको उल्लेख गर्दै उनले प्रविधिको दुरुपयोग रोक्नतर्फ प्रहरी सचेत रहेको प्रष्ट्याए। प्रहरी उपरीक्षक बास्तोलाले साइबर अपराध शान्ति सुरक्षाको प्रमुख चुनौतीको रुपमा खडा भएको बताउदै सीमावर्ती अपराध, लागुऔषध, साइबर अपराध तथा सामाजिक सञ्जालको दुरुपयोग जस्ता गतिविधि नियन्त्रणमा प्रहरी सक्रिय रहेको धारणा राखे । समुदायप्रहरी साझेदारी कार्यक्रमअन्तर्गत भएको लैङ्गिक हिंसा विरुद्धको सचेतना अभियान कार्यकम उनले राज्यको अग्रपङ्क्तिमा रहेर कानून कार्यान्वयन गर्ने निकाय नेपाल प्रहरीको जिम्मेवारीमध्ये अपराध अनुसन्धान तथा नियन्त्रण प्रमुख जिम्मेवारी भएको पनि बताए।
१० नम्बर वार्ड अध्यक्ष विरेन्द्र प्रसाद चौधरीको अध्यक्षतामा भएको कार्यकममा बर्दियाका प्रजिअ प्रेम लाल लामिछाने, गुलरिया नगर उप प्रमुख सुशीला गिरी, कांग्रेस नेतृ मालती सोडारी, प्रहरी सहायक निरीक्षक सरस्वती पौडेल लगायतले अा आफ्नो धारणा राख्दै लैङ्गिक हिंसा नियन्त्रण मा समुदाय, प्रहरी,प्रशासन,राजनैतिक दल, समाजसेवी सबै लाग्नु पर्ने बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । असोज १९ गते निलम्बन गरिएका एआईजी दाहाललाई सेवाबाट हटाउने निर्णय गरेको मन्त्रालयले बताएको छ । गृहमन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले जारी गरेको विज्ञप्तीमा संठगनको प्रतिष्ठा एवम् छविमा आँच पुर्याउने कार्य गरेका कारण बर्खास्त गरिएको उल्लेख छ । विज्ञप्तीमा भनिएको छ, ‘सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक श्री वंशीराज दाहालले आचरण सम्बन्धी कुरा बराबर […]

  दाङ । लमही नगरपालिका-१ सुण्डबरीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-१७ चौघेरा निवासी ५० वर्षीय चेतबहादुर केसी छन्। उनी लुम्बिनी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयमा वरिष्ठ लेखा अधिकृतका रूपमा कार्यरत थिए। पूर्व-पश्चिम राजमार्गअन्तर्गत सुण्डबरीमा शुक्रबार साँझ करिब ६ बजे नेपालगञ्जबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ४१४८ नम्बरको […]

दाङ । घोराही शुक्रबार नोभा कलेजले बीबीए र सूचना प्रविधि (आईटी) विषयमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी विषयगत प्यानल डिस्कसन कार्यक्रम आयोजना गरेको छ। विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक अनुभव प्रदान गर्ने, व्यावसायिक क्षेत्रका चुनौती र अवसरबारे जानकारी गराउने तथा बीबीए र आईटीको ज्ञानलाई मुलुकको विकाससँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कलेजका अध्यक्ष महेन्द्र […]