०१ आषाढ २०८३, सोमबार
15-06-2026 , Mon
×

बर्दिया प्रहरीले २ बर्ष देखि आफ्नै घरमा श्रीमान र दाजुले बन्दक बनाईएका दुई महिलाहरुको उद्धार

Logo
प्रकाशित बिहिबार, मंसिर २६, २०७६

महेन्द्र सिंह (क्राईमबिट)
बर्दिया मंसिर २६ बर्दियाको गुलरियामा विगत २ बर्ष देखि आफ्नै श्रीमान र दाजुले श्रीमती र बहिनीलाई घरमा थुनेर बन्धक बनाई मानसिक यातना भोगिरहेका २ महिलालाई प्रहरीले उद्दार गरेको छ ।
गुलरिया नगरपालिका वडा नं. ६ स्थित शान्ति टोलमा विगत २ बर्ष देखि नन्द भाउजुलाई कोठा भित्र थुनेर राखेको भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक लक्ष्मण ओलीको कमाण्ड तथा विभिन्न महिला अधिकारकर्मी, संघसंस्था वडा कार्यालयको रोहवरमा उनीहरुलाई उद्दार गरीएको हो ।
दुई महिनाको गर्भवती समेत रहेकी श्रीमती र बहिनीलार्ई मानसिक तथा शारिरीक यातना समेत दिने गरीएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहीले बताएको छ । बन्धक महिलाहरुलाई दिशा पिसाब गर्नका लागि समेत कोठामा डब्बा राखेर वाहिर समेत निस्कन नदिने गरिएको पिडितहरुले बताएका छन् ।
महिला अधिकारकर्मीहरुलाई महिलाहरु वन्दक बनाई यातना दिइरहेको जानकारी आए पछि पिडीतहरुको उद्धार गरिएको महिला अधिकारकर्मी सपना शर्माले बताउनुभयो ।
वडा नं. ६ का वडाध्यक्ष निरज कुमार शर्माले महिला हिसा बिरुद्धका अभियानहरु चलेपनि दुरदराजका महिला दिदी बहिनीहरु हिंसाको मार खेपी रहेका बताएका छन् ।
गुलरिया नगरपालिका वडानम्बर ६ का वडा अध्यक्ष निरज कुमार शर्मा आफै पिडीतको घरमा गई ताला खोली उनिहरुको उद्दार गरेका छन् ।
पिडकलाई कडाभन्दा कडा कारवाही गर्नुपर्ने गुलरिया नगरपालिका वडानम्बर ६ का वडा अध्यक्ष निरज कुमार शर्मा ले बताएका छन् । पिडिकलाई जिल्ला प्रहरी कार्यालय बर्दियाले नियन्त्रणमा लिई थप अनुसन्धान भैरहेको बर्दिया प्रहरी निरीक्षक ओलीले बताएका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । महेन्द्र राजमार्गको कपिलवस्तु तौलिहवा सडक खण्ड*मा पर्ने एउटा ठाउँ अहिले TikTok/Instagram मा एकदमै भाइरल छ। स्थानीयले त्यसलाई “भाइरल पहाड” वा “Mini Sikkim” भन्छन्। *किन रमाइलो ठाउँ बन्यो?* *1. ठाउँ कुन हो?* कृष्णनगर – तौलिहवा सडकको बीचमा पर्ने *गोरुसिंह/चितवन क्षेत्र* नजिकको डाँडो। ठ्याक्कै पहाड होइन, तर सडकको दुवैतिर लहरै फैलिएका स-साना भिर र हरियाली […]

रुपन्देही । लुम्बिनी प्रदेश प्रहरी कार्यालयको आयोजना, प्रहरी महानिरीक्षक दानबहादुर कार्की ज्यूको प्रमुख आतिथ्यतामा लुम्बिनी सांस्कृतिक नगरपालिका-10, महिलावार स्थित लुम्बिनी विकास कोष परिसर। 2. *केको लागि*: 4 वटा गम्भीर सामाजिक मुद्दा – *आत्महत्या, लागु औषध दुव्र्यसन, दुर्व्यसन र सडक दुर्घटना न्यूनीकरण*। 3. *सहभागिता*: प्रहरी मात्र होइन, सुरक्षा निकाय, सरकारी कार्यालय, संघ-संस्था, विद्यार्थी, स्थानीय सबै गरी […]

काठमाडौं । नेपाल प्रहरी एउटा विशुद्ध व्यावसायिक, अनुशासित र राष्ट्रिय संस्था हो। यसको प्रमुख दायित्व देशभर शान्ति सुरक्षा कायम गर्नु, कानुनको शासनलाई सुदृढ बनाउनु तथा नागरिकलाई प्रभावकारी र विश्वसनीय सेवा प्रदान गर्नु हो। त्यसैले प्रहरी कर्मचारीको सरुवा तथा पदस्थापना संगठनको आवश्यकता, व्यावसायिकता र राष्ट्रिय हितलाई केन्द्रमा राखेर हुनु स्वाभाविक र अपरिहार्य विषय हो। यद्यपि, संघीय […]

error: Content is protected !!