२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

काठमाडौंमा पनि फोटो- भिडियो खिच्ने फेसबुकको स्मार्ट चस्मा बिक्री हुन सुरु

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, माघ २२, २०८१

 

काठमाडौं । मेटा कम्पनीका सीईओ मार्क जुकरबर्गले कम्पनीको रेबन स्मार्ट चस्माको बिक्रीका विषयमा जानकारी प्रदान गरेका छन् । उनका अनुसार गत वर्ष सन् २०२४ मा कम्पनीले १० लाखभन्दा धेरै रेबन स्मार्ट चस्मा बिक्री गरेको छ ।

विश्वका विभिन्न क्षेत्रहरुमा अझैसम्म पनि बजारमा नआइसकेको अवस्थामा बिक्रीको यो संख्या कम्पनीका लागि एक ठूलो सफलताको रुपमा रहेको बताइएको छ ।

जुकरबर्गले स्मार्ट चस्माका लागि यो वर्ष सन् २०२५ को लक्ष्य पनि तय गरिसकेका छन् । उनले आफ्ना कर्मचारीहरुसँग सोधेका छन् – के हामीले सन् २०२५ मा ५० लाख थान स्मार्ट चस्मा बेच्न सक्छौं ?

जुकरबर्गले भनेका छन्- मलाई थाहा छ हाम्रा लागि एउटा सवाल यो हो कि के हामी यो वर्ष १० लाख बाट २० लाखको बिक्री गर्नेछौं ? के हामी १० लाखदेखि ५० लाखसम्म पुग्न सक्दछौं ?

कम्पनीले रे बन स्मार्ट चस्मा पहिलोपटक सन् २०२३ मा लन्च गरेको थियो । तत् पश्चात् यसमा लगातार नयाँ फिचरहरु अपडेट्सको माध्यमबाट थप गरिएको छ । यो चस्मा मल्टिमोडल एआईयुक्त रहेको छ ।

हामीले देखिरहेको, सुनिरहेको तथा पढिरहको लगायतका सबै कुरालाई यसले प्रोसेस गर्दछ । यसमा लाइभ एआई ट्रान्सलेसनको सुविधा पनि रहेको छ । यो चस्मामा क्यामरा रहेको छ, जसले लाइभ भिडियो तयार गरिदिन सक्दछ । यसका अलावा तपाईंले यो चस्मालाई ब्लुटुथसँग कनेक्ट गरेर फोन कल तथा अन्य काममा समेत प्रयोग गर्न सक्नुहुन्छ ।

जुकरबर्गले भनेका छन्ः हामीले यो विधाको अन्वेषण गरेका छौं र हाम्रो प्रतिस्पर्धा अहिलेसम्म अगाडि आएको छैन ।

मेटा कम्पनी छिटै नै यो विधामा आफ्नो नयाँ प्रडक्ट समेत लन्च गर्ने तयारीमा छ । उसले यसवर्ष नयाँ स्मार्ट चस्मा सार्वजनिक गर्न सक्दछ, जसमा थप नयाँ फिचर्स हुनेछन् ।

साथै मेटाले विश्वका थप देश तथा क्षेत्रहरुमा समेत आफ्ना प्रडक्ट लन्च गर्नेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । प्रोत्साहन कार्यक्रमअन्तर्गत ‘घोराही बनाऔँ अभियान’ र नेपाली जुत्ता घरले मंगलबार घोराही बजारका विभिन्न चोक तथा सार्वजनिक क्षेत्रमा श्रम तथा विभिन्न पेशा–व्यवसायमा सक्रिय व्यक्तिहरूलाई जुत्ता–चप्पल उपहार प्रदान गरेको छ। दैनिक रूपमा श्रम गर्ने, व्यवसाय सञ्चालन गर्ने, सडक तथा बजार क्षेत्रमा विभिन्न सेवा प्रदान गर्ने महिला तथा पुरुषहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। […]

दाङ । आजबाट नेवा: समुदाय*को यस वर्षको मुख्य जात्रा र चाडपर्वको सुभारम्भ भएको छ। नेवार समुदायको संस्कृतिमा वर्षभरि मनाइने जात्रा, पूजा र चाडपर्वको एउटा निश्चित क्यालेण्डर हुन्छ। दाङको घोराही, तुलसीपुर र अन्य क्षेत्रमा बसोबास गर्ने नेवा: समुदायले पनि काठमाडौं उपत्यकाको परम्परा अनुसार नै यी पर्वहरू मनाउने गर्छन्। सुभारम्भसँगै सुरु हुने मुख्य पर्वहरू गाईजात्रा भाद्रमा पर्ने, […]

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]