२२ बैशाख २०८३, मंगलबार
05-05-2026 , Tue
×

शक्तिशाली पिएसओका कारण हुन लागेको बढुवा रोकियो इन्सपेक्टरका ५१ पद रिक्त वरिष्ठ सईबीच प्रतिस्पर्धा,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, फाल्गुण २०, २०८१

काठमाडौं । जुनियर ब्याचका अधिकृतलाई बढुवा गर्न दबाब दिएपछि ६ वर्षअघि तत्कालिन प्रहरी महानिरीक्षक प्रकाश अर्याल इन्सपेक्टरको बढुवा महिनौं रोकेर अवकाशमा गए । नेपाल प्रहरीमा अहिले पनि त्यही अवस्था दोहोरिने सम्भावना छ ।नेपाल प्रहरीमा हाल बढुवाबाट पुर्ति गर्नुपर्ने इन्सपेक्टरका ५१ पद रिक्त छन् । जसमा दुई सयभन्दा धेरै वरिष्ठ सईबीच प्रतिस्पर्धा छ । कतिपय जुनियर ब्याचका वरिष्ठ सईहरु शक्तिशाली भएकाले आईजीपी बसन्तबहादुर कुँवरले बढुवा गर्न सकेका छैनन्।आईजीपी कुँवरको कार्यकाल अब १७ दिन मात्र बाँकी छ । यो अवधिमा सईमाथि इन्सपेक्टरमा बढुवाको सहमति हुने सम्भावना घट्दै गएको स्रोत बताउँछ । जुनियरहरुलाई बढुवा गर्न अत्याधिक दबाब आएपछि उनी बढुवा नै नगर्ने मुडमा छन् ।
इन्सपेक्टर बढुवामा २०५४ सालमै भर्ना भएका ६ जना वरिष्ठ सई छन् । द्वन्द्वको समयमा जागिर छाडेकाले उनीहरु यसअघिदेखि नै बढुवामा छुट्दै आएका छन् । यसपटक पनि उनीहरुको सम्भावना न्यून छ ।बढुवाको मुख्य दाबेदार २०५८ सालमा असइबाट भर्ना भएको ११३ को टोली हो । जून ब्याचबाट हाल ९७ जना सेवामा छन् । यही ब्याचबाट मात्र बढुवा गर्दा पनि ४६ जना छुट्ने अवस्था छ ।
तर, २०६० सालमा भर्ना भएको ब्याचको दबाबका कारण बढुवा हुन नसकेको स्रोत बताउँछ । सो ब्याचका अधिकृतहरु हाल शक्तिशाली व्यक्तिका पिएसओ बसेका छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवाको सुरक्षा टोलीका कार्यरत रबिन शाह, परराष्ट्रमन्त्री आरजु देउवाकी पिएसओ रश्मी सिलवाल, गृहमन्त्री रमेश लेखकका पिएसओ रमेश पाण्डे, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईका पिएसओ सनम राई लगायत जसरी पनि बढुवा हुनुपर्ने सूचीमा छन् ।त्यस्तै, कांग्रेस नेता पूर्णबहादुर खड्का पिएसओ रोशन थापा, पूर्वप्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठका पिएसओ ईश्वर तन्डुकार लगायतले पनि शक्तिकेन्द्रबाट दबाब दिइरहेका छन् । जसकारण नयाँ आईजीपी आएपछि मात्र सईबाट इन्सपेक्टरमा बढुवा हुने परिदृश्य नेपाल प्रहरीमा देखिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । प्रहरीले सोमबार नेपालगंज उपमहानगरपालिका ४ का ३० बर्षीय अजय कुमाल र डुडुवा गाउँपालिका ४ का २६ बर्षीय अनिल खटिक पक्राउ गरेको हो । कुमालले अजय मगर नामको टिकटक आइडीबाट खटिकले अनिल सोनखर नामको टिकटक आइडीबाट हातमा खुकुरी समातेको भिडियो आफ्नो सामाजिक संजाल टिकटकमा पोष्ट गरेका थिए । जिल्ला प्रहरी प्रबक्ता डिएसपी दीपक पातलीले […]

बाँके । नेपालगञ्जस्थित नेपाल–भारत सीमानाको जमुनाहा नाकामा भारत सरकारले निर्माण गरेको अत्याधुनिक नेपाल–भारत मैत्रीद्वार निर्माण गरेको छ । यो द्वार अहिले निर्माणको अन्तिम चरणमा पुगेको र केही समयपछि यसको औपचारिक उदघाटन गरिने भारतीय अधिकारीहरुले जनाएका छन् । भारततर्फ भव्य र आधुनिक मैत्रीद्वारको निर्माण गरिएपछि नेपालतर्फ रहेको निकै पुरानो द्वारलाई पनि नयाँ तरिकाले बनाउनुपर्ने माग गरिएको […]

  दाङ । भालुवाङ देउखुरीको गढवा गाउँपालिकामा भूमिहिन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको सही प्रकारको व्यवस्थापनको माग गर्दै ज्ञापनपत्र बुझाइएको छ । सोमबार अपरान्ह “सुकुम्बासी, भूमिहिन तथा अव्यवस्थित जग्गा व्यवस्थापन दबाव अभियान गढवा–१” ले गाउँपालिकामा ज्ञापनपत्र बुझाएको हो । सो दबाब अभियानका संयोजक चित्र बहादुर महताराको नेतृत्वमा गएको एक टोलीले गढवा गाउँपालिका कार्यालयमै पुगेर गाउँपालिका अध्यक्ष […]

error: Content is protected !!