२२ बैशाख २०८३, मंगलबार
05-05-2026 , Tue
×

लुटपाट गरेको आरोपमा नेपाल प्रहरीको २ सशस्त्र प्रहरी १ सहित ६ जना पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, फाल्गुण २०, २०८१

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले क्रिप्टोको कारोबार गरेको आरोपमा एक जना र उनलाई लुटपाट गरेको आरोपमा ६ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा एक जना सहस्त्र प्रहरीका सहायक हवल्दार, नेपाल प्रहरीका सहायक हवल्दार र प्रहरी जवान समेत रहेका छन्। प्युठान गौमुखी गाउँपालिका ४ बस्ने ३६ वर्षका सशस्त्र प्रहरीका सहायक कवल्दार राजेन्द्र बहादुर केसी, बाँके बैजनाथ गाउँपालिका ७ बस्ने प्रहरी सहायक हवल्दार ३५ वर्षका खगेन्द्र मल्ल ठकुरी र खोटाङको रावावेसि गाउँपालिका ४ घर भई नेपाल प्रहरीका जवान २४ वर्षका हिरा मंग्राती पनि पक्राउ परेका छन्।

प्रारम्भिक अनुसन्धानको क्रममा क्रिप्टो कारोबारमा संलग्न रोशन गुरुङले एक अर्व ८७ करोड ७ लाख १३ हजार १६२ रुपैयाँको क्रिप्टोको कारोबार गरेको देखिएको प्रहरीको दाबी छ। उनलाई क्रिप्टो सम्बन्धी कसुर अन्तर्गत ५ दिन नै म्याद लिएर अनुसन्धान अगाडी बढाएको छ। यस्तै, पक्राउ पर्नेमा मोरङ सुन्दरहरैचा नगरपालिका २४ बस्ने २४ वर्षका कपिल बस्नेत, दोलखा रातमाटे गाउँपालिका घर भई हाल सुनसरी ईटहरी नगरपालिका ६ बस्ने ३१ वर्षका संजोक तामाङ र मोरङ वेलवारी घर भई हाल विराटनगर ३ बस्ने २० वर्षका मनिस कुमार राय रहेका छन्।

पक्राउ परेका व्यक्तिको साथबाट प्रहरीले १२ लाख १० हजार रुपैयाँ ६ थान मोवाइल र एउटा गाडी पनि बरामद गरेको छ। क्रिप्टो कारोबारीका आरोपी गुरुङको साथबाट २ लाख ५९ हजार बरामद गरेको छ। सोमबार काठमाडौँ महानगरपालिका ३ तिलिङ्गेटारमा क्रिप्टोको कारोबार भइरहेको सूचनाका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौँको टोली खटिएको थियो। टोलीले धादिङ, खनियावास गाउँपालिका ४ स्थायी घर भई हाल टोखा नगरपालिका ८ ग्रिनल्याण्ड मिलनटोल बस्ने २६ वर्षका रोशन गुरुङलाई सुरुमा नियन्त्रणमा लिएको थियो।

उनलाई सोधपुछ गर्दा आफ्नो साथमा रहेको नगद १४ लाख रुपैयाँ प्रहरीको परिचयपत्र तथा हतकडी समेत देखाई परिबन्धमा पारी लुटेर लगेको बताएका काठमाडौँ प्रहरी परिसरका प्रवक्ता अपिलराज बोहराले बताए। थप अनुसन्धान गर्दै जाँदा सशस्त्र प्रहरी बल नेपालमा कार्यरत १ जना र नेपाल प्रहरीका कर्मचारीहरु २ जना समेतको मिलेमतो देखिएको बोहराले बताएका छन्।तीन प्रहरीसहित ६ जनालाई पनि पक्राउ गरी जिल्ला अदालत काठमाडौँबाट ५ दिन म्याद लिएर अनुसन्धान अगाडी बढाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । प्रहरीले सोमबार नेपालगंज उपमहानगरपालिका ४ का ३० बर्षीय अजय कुमाल र डुडुवा गाउँपालिका ४ का २६ बर्षीय अनिल खटिक पक्राउ गरेको हो । कुमालले अजय मगर नामको टिकटक आइडीबाट खटिकले अनिल सोनखर नामको टिकटक आइडीबाट हातमा खुकुरी समातेको भिडियो आफ्नो सामाजिक संजाल टिकटकमा पोष्ट गरेका थिए । जिल्ला प्रहरी प्रबक्ता डिएसपी दीपक पातलीले […]

बाँके । नेपालगञ्जस्थित नेपाल–भारत सीमानाको जमुनाहा नाकामा भारत सरकारले निर्माण गरेको अत्याधुनिक नेपाल–भारत मैत्रीद्वार निर्माण गरेको छ । यो द्वार अहिले निर्माणको अन्तिम चरणमा पुगेको र केही समयपछि यसको औपचारिक उदघाटन गरिने भारतीय अधिकारीहरुले जनाएका छन् । भारततर्फ भव्य र आधुनिक मैत्रीद्वारको निर्माण गरिएपछि नेपालतर्फ रहेको निकै पुरानो द्वारलाई पनि नयाँ तरिकाले बनाउनुपर्ने माग गरिएको […]

  दाङ । भालुवाङ देउखुरीको गढवा गाउँपालिकामा भूमिहिन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको सही प्रकारको व्यवस्थापनको माग गर्दै ज्ञापनपत्र बुझाइएको छ । सोमबार अपरान्ह “सुकुम्बासी, भूमिहिन तथा अव्यवस्थित जग्गा व्यवस्थापन दबाव अभियान गढवा–१” ले गाउँपालिकामा ज्ञापनपत्र बुझाएको हो । सो दबाब अभियानका संयोजक चित्र बहादुर महताराको नेतृत्वमा गएको एक टोलीले गढवा गाउँपालिका कार्यालयमै पुगेर गाउँपालिका अध्यक्ष […]

error: Content is protected !!