२२ बैशाख २०८३, मंगलबार
05-05-2026 , Tue
×

कर्तव्य ज्यान मुद्दाका फरार दम्पती २४ वर्षपछि कपिलबस्तुबाट पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, फाल्गुण २१, २०८१

 

दाङ । कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय हुने ठहर भएका उक्त दम्पतीलाई प्रहरीले कपिलवस्तुबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेमा दाङको राप्ती गाउँपालिका वडा नं. १ घर भई कपिलवस्तुको शिवराज नगरपालिका बस्दै आएका जित बहादुर दमाई र नमी दमिनी रहेकाे ईलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ । इलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको टोलीले उनीहरूलाई कपिलबस्तुबाट पक्राउ गरेको हो ।

जिल्ला अदालत दाङले उनीहरु विरुद्ध २०५७ असोजमा २० वर्ष कैद सजाय हुने फैसला गरेको थियो । फैसलासँगै फरार भएका उनीहरु कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर–१ मा लुकेर बसेको अवस्थामा भेटिएको ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख प्रहरी निरीक्षक अमर बहादुर माझीले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । प्रहरीले सोमबार नेपालगंज उपमहानगरपालिका ४ का ३० बर्षीय अजय कुमाल र डुडुवा गाउँपालिका ४ का २६ बर्षीय अनिल खटिक पक्राउ गरेको हो । कुमालले अजय मगर नामको टिकटक आइडीबाट खटिकले अनिल सोनखर नामको टिकटक आइडीबाट हातमा खुकुरी समातेको भिडियो आफ्नो सामाजिक संजाल टिकटकमा पोष्ट गरेका थिए । जिल्ला प्रहरी प्रबक्ता डिएसपी दीपक पातलीले […]

बाँके । नेपालगञ्जस्थित नेपाल–भारत सीमानाको जमुनाहा नाकामा भारत सरकारले निर्माण गरेको अत्याधुनिक नेपाल–भारत मैत्रीद्वार निर्माण गरेको छ । यो द्वार अहिले निर्माणको अन्तिम चरणमा पुगेको र केही समयपछि यसको औपचारिक उदघाटन गरिने भारतीय अधिकारीहरुले जनाएका छन् । भारततर्फ भव्य र आधुनिक मैत्रीद्वारको निर्माण गरिएपछि नेपालतर्फ रहेको निकै पुरानो द्वारलाई पनि नयाँ तरिकाले बनाउनुपर्ने माग गरिएको […]

  दाङ । भालुवाङ देउखुरीको गढवा गाउँपालिकामा भूमिहिन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको सही प्रकारको व्यवस्थापनको माग गर्दै ज्ञापनपत्र बुझाइएको छ । सोमबार अपरान्ह “सुकुम्बासी, भूमिहिन तथा अव्यवस्थित जग्गा व्यवस्थापन दबाव अभियान गढवा–१” ले गाउँपालिकामा ज्ञापनपत्र बुझाएको हो । सो दबाब अभियानका संयोजक चित्र बहादुर महताराको नेतृत्वमा गएको एक टोलीले गढवा गाउँपालिका कार्यालयमै पुगेर गाउँपालिका अध्यक्ष […]

error: Content is protected !!