बाँके । नेपालगन्ज जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके कोहलपुरको माहतहत अस्थायी ट्राफिक प्रहरी पोष्टहरुले बाँके जिल्लाका महेन्द्र राजमार्ग ,रत्न राजमार्ग ,हुलाकि राजमार्ग ,भित्री सडक खण्डहरुका विभिन्न स्थानहरुमा, दुई पाङ्ग्रेसवारी चालकहरु,अन्य सवारी चालक ,सह चालक साईकल यात्री,

सर्वसाधरणहरुलाई भेला जम्मा गराई ट्राफिक नियम ,लेन अनुशासन ,ओभेरटेक गर्ने तरिका , सडक प्रयोग गर्दा ध्यान दिनु पर्ने कुरा ,सवारी दुर्घटनाबाट बच्ने उपायका बारेमा सचेतना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके कोहलपुरले जानकारी दिएको छ ।