२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

अर्घाखाँची प्रहरीले २ हजारका नक्कली ९ वटा नोटसहित एकजना पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, फाल्गुण २१, २०८१

अर्घाखाँची । प्रहरीले गोरुसिंगे सन्धिखर्क सडक अन्तर्गत अर्घाखाँचीको शितगंगा १२ मा सहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पाल्पाको रैनादेवी छहरा गाउँपालिका ४ घर भइ हाल अर्घाखाँचीको शितगंगा नगरपालिका १ बस्दै आएका १९ वर्षीय दिपक राना भन्ने थानबहादुर बस्नेत क्षेत्री रहेका छन् ।

शितगंगा नगरपालिका वडा नम्बर १२ को ठूलो ढोडेनी पहिरो नजिकै जिल्ला प्रहरी कार्यालयबाट खटिएको गस्ती टोलीले खानतलासी गर्दा २ हजारका नक्कली ९ वटा नोटसहित उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

नक्कली १८ हजार भारतीय रुपैयाँसहित पक्राउ परेका उनलाई मुलुकी आचारसंहिता २०७४ को मुद्रा सम्बन्धी कसुरमा अर्घाखाँची जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी प्रहरीले अनुसन्धान थालेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]