बाँके । नेपालगन्ज जानकी गाउँपालिका–३ चप्पल कारखाना अगाडिको नेपालगञ्ज–खजुरा सडकखण्डमा आज जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी तुलबहादुर कार्की सडकमै आफैं खटिएर सवारीसाधनलाई जाँच गरेको बाँके प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीको नेतृत्व गर्दै एसपी कार्कीले सवारी साधनको जाँच, अनुगमन तथा सवारी चालक अनुमतिपत्र समेत जाँच गरेका थिए ।
सोही क्रममा एसपी कार्कीले सयौं सवारीसाधनका चालकहरुलाई सम्झाइबुझाई समेत गर्दै उनिहरुसँग प्रतिक्रिया लिएका थिए । प्रतिक्रियामा चालकहरुले जिल्ला प्रमुख आफै आएर चेकिङ गर्दा चालकहरुले प्रशंसा गरेका थिए ।
तर बेलाबेलामा ट्राफिक प्रहरीले कागजपत्र नेहेरेरै जरिवानाको चिट काट्ने गरेको गुनासो चालकहरुले गरेका थिए । उनीहरु भन्छन् –“सबै ठिक हुँदा पनि कुनै न कुनै बहाना बनाएर ट्राफिक प्रहरीले चिट काटिदिने गर्छन्, यो त सरासर गलत हो ।“
नेपालगञ्ज र आसपासका स्थानीयहरुले प्रहरी प्रमुख कार्कीलाई एकपटक भएपनि टिपरहरुका कागजपत्र समेत जाँच गर्न सुझाब दिएका छन् ।