२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

काठमाडौंबाट दुबईका लागि उडेको नेपाल एयरलाइन्सको न्यरोबडी बिग्रिएपछि भैरहवामा ल्यान्ड,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, फाल्गुण २२, २०८१

 

काठमाडौं । नेपाल वायुसेवा निगमको ६ दिन अघि चीनबाट ६ करोड ६८ लाख खर्च गरेर फाइभ–सि–चेक (मर्मत) गरेर ल्याइएको नेपाल वायुसेवा निगमको सगरमाथा न्यरोबडी जहाज ग्राउण्डेड भएको हो ।

जहाज बुधबार राति साढे १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भैरहवा हुँदै दुबई जाने तालिका थियो । भैरहवामा यो विमान सवा ११ बजे राति अवतरण भएको थियो । त्यहाँबाट दुबई जाने यात्रु थपेर दुबई उड्ने तालिका थियो । तर, जहाजमा इन्जिनको गति तीव्र हुने समस्या (ओभर स्पिड प्रोटेक्सन) देखिएपछि चालक दल र जहाजमा भएका इन्जिनियरले विमानलाई मर्मत गरेर मात्रै उडाउने भन्दै राति १ बजे ग्राउण्डेड गरेका हुन्।

भैरहवामा निगमका दुई जना मात्रै कर्मचारी भएकाले राति अध्यागमन कार्यालय, भैरहवा विमानस्थल कार्यालयका घर गइसकेका कर्मचारीलाई बोलाएर यात्रुहरुलाई होटल लैजाने नियम अनुसार बिहान ४ बजेसम्म त्यहाँका विभिन्न होटलमा लगिएको थियो । काठमाडौंबाट उड्नुअघि यस्को फ्युल मिटर बदलेर करिब दुई घण्टा ढिलो उडाइएको स्रोतले जनाएको छ ।

‘निगमका कार्यकारी अध्यक्ष उपचारका लागि दिल्ली जानु भएको छ । यो इन सर्भिस समस्या भएकाले मर्मतसम्ब्नधी उहाँसँग कुराकानी भइरहेको छ,’ निगमका एक निर्देशकले भने, ‘अध्यक्षको निर्देशन अनुसार काठमाडौंबाट इन्जिनियर पठाएर मर्मत गराएर आजै बिग्रिएको जहाज दुबई पठाउने तयारी भइरहेको छ ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]