२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

दाङ प्रहरीले सुन गहना चोर्ने,बेच्ने र किन्ने पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, फाल्गुण २२, २०८१

 

दाङ । घोराहीको एक घरबाट गहना र पैसा चोरी गर्ने, त्यो गहना बिक्री गर्ने र किन्ने व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको छ।

घोराही उपमहानगरपालिका वडा नम्बर १ हर्नौककी गीता पुन वलीको घरबाट फागुन १५ गते गहना र नगद चोरी भएको थियो।

चोरीमा संलग्नसहितलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

सोही ठाउँका प्रदीप भनिने विज्ञान घर्ती सुरूमा पक्राउ परे। उनले नै गीताको घरबाट गहना र नगद चोरीको स्वीकार गरेको बयान दिएको प्रहरीको भनाइ छ।

प्रहरीले उनलाई बुधबार घोराही उपमहानगर १७ सिस्नेखोला सडकखण्डबाट नियन्त्रणमा लिएको थियो।

चोरीका गहना उनले घोराही बजारमा बिक्री गरेका थिए। गहना बेच्न घोराही १५ काठेकोहलका ३२ वर्षीय विक्रम चौधरी र उनकी २५ वर्षीया श्रीमती प्रतीक्षा केसीले सघाएका थिए।

चौधरी दम्पतीले घोराही १५ भीमसेनटोलका सुनका गरगहना बनाउने कालीगढको काम गर्ने ४१ वर्षीय सदन सुनारलाई ती गरगहना बेचेको पाइएको छ।

प्रहरीले चारै जनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो।

प्रहरीले चौधरी दम्पतीको कोठाबाट दुई लाख २२ हजार ६ सय ६५ रुपैयाँ र पहेलो धातुको माइली तिलहरी बरामद गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी चक्रबहादुर शाहीले बताए।

सुनका गहना किन्ने सदन सुनारको घरको कोठाबाट स्वरूप परिवर्तन गरिएको सुनको टप दुइटा, सुनको औंठी एउटा, सुनको माइली तिलहरी एउटा बरामद गरेको डिएसपी शाहीले बताए।

उनीहरूलाई चोरी शीर्षकमा मुद्दा चलाई कानुनी कारबाही गर्ने तयारी गरिएको प्रहरीको भनाइ छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]