२२ बैशाख २०८३, मंगलबार
05-05-2026 , Tue
×

मारवाडी सेवा समिति पशुपति गौशाला धर्मशाला सञ्चालन गर्न पाउने बाटो खुल्यो,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, फाल्गुण २२, २०८१

 

काठमाडौं । उच्च अदालत पाटनले गत असोजमा पशुपति गौशाला काठमाडौँ महानगरपालिका र पशुपति क्षेत्र विकास कोषबिच भएको सम्झौता गरेसँगै समितिले धर्मशाला सञ्चालन गर्न पाउने बाटो खुलेको हो ।

बुधवार न्यायाधीशद्धय मुनेन्द्रप्रसाद अवस्थी र हेमन्त रावलको इजलासले गौशाला धर्मशाला मारवाडी सेवा समितिले नै सञ्चालन गर्नुपर्ने आदेश गरेको हो । गत असोज २२ गते पशुपति गौशाला सञ्चालन व्यवस्थापन गर्न काठमाडौँ महानगरपालिका र पशुपति क्षेत्र विकास कोषबिच सम्झौता भएको थियो ।

सम्झौतापछि महानगरले धर्मशाला सञ्चालन गरिरहेको समितिलाई हटाउन खोजेको थियो । समितिले महानगर र कोषबिचको सम्झौताविरुद्ध उच्च अदालत पाटनमा रिट हालेको थियो । रिटमाथि सुनुवाइ गर्दै उच्चले कात्तिक २ गते अन्तरिम आदेश दिएको थियो । बुधवार सोही रिटमाथि सुनुवाइ गर्दै महानगर र कोषबिचको सम्झौता खारेज गर्ने आदेश गरेको हो ।

गौशाला धर्मशाला सञ्चालनको विषयमा  समितिले उक्त जग्गामा आफ्नो ८४ वर्ष अघि देखिको मोहियानी हक रहेको दाबी गर्दै आएको छ । मोहियानी हक प्राप्त जमिनको उपभोग गर्न कुनै सम्झौता गर्नु नपर्ने भन्दै २०६० सालमा भएको सम्झौता ५१ हजार रुपैयाँ सहयोगसँग मात्रै सम्बन्धित रहेको समितिको भनाइ रहेको थियो ।

१९९७ सालमा तत्कालीन राणा प्रधानमन्त्री जुद्धशम्शेरले रामकुमार अग्रवाल भन्ने व्यक्तिलाई पशुपति गुठीको केही जग्गा दिएका थिए । २०१० सालमा मारवाडी सेवा समिति खुलेपछि सो कार्यलाई सामूहिक रूपमा गर्न थालिएको थियो । त्यतिबेलादेखि नै पशुपतिका लागि दूध उपलब्ध गराउँदै आइएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  दाङ । भालुवाङ देउखुरीको गढवा गाउँपालिकामा भूमिहिन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको सही प्रकारको व्यवस्थापनको माग गर्दै ज्ञापनपत्र बुझाइएको छ । सोमबार अपरान्ह “सुकुम्बासी, भूमिहिन तथा अव्यवस्थित जग्गा व्यवस्थापन दबाव अभियान गढवा–१” ले गाउँपालिकामा ज्ञापनपत्र बुझाएको हो । सो दबाब अभियानका संयोजक चित्र बहादुर महताराको नेतृत्वमा गएको एक टोलीले गढवा गाउँपालिका कार्यालयमै पुगेर गाउँपालिका अध्यक्ष […]

दाङ । भालुवाङ लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नयाँ प्रशासनिक केन्द्रमा सोमबारदेखि दैनिक कामकाजको सुरूवात गरेका हुन्। संघीयताको सुदृढीकरणका लागि प्रदेश तहलाई बलियो बनाउने लक्ष्यसहित प्रशासनिक केन्द्र निर्माण गरिएको बताउँदै प्रदेशबासीका लागि गौरवको विषय भएको मुख्यमन्त्री आचार्यले बताए । सात प्रदेशमध्ये लुम्बिनी राजधानी निर्माण, नामाकरण र प्रशासनिक केन्द्र निर्माणमा सफल भएको छ । यसले प्रदेशलाई थप उचाइमा […]

बाँके । नेपालगञ्जस्थित नेपाल–भारत सीमानाको जमुनाहा नाकामा भारत सरकारले निर्माण गरेको अत्याधुनिक नेपाल–भारत मैत्रीद्वार निर्माण गरेको छ । यो द्वार अहिले निर्माणको अन्तिम चरणमा पुगेको र केही समयपछि यसको औपचारिक उदघाटन गरिने भारतीय अधिकारीहरुले जनाएका छन् । भारततर्फ भव्य र आधुनिक मैत्रीद्वारको निर्माण गरिएपछि नेपालतर्फ रहेको निकै पुरानो द्वारलाई पनि नयाँ तरिकाले बनाउनुपर्ने माग गरिएको […]

error: Content is protected !!