२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

नेपाल प्रहरीका १५ जना प्रहरी अधिकृतहरूले लगाए दर्ज्यानी चिन्ह,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, फाल्गुण २२, २०८१

 

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष समारोहमा आईजीपी बसन्त बहादुर कुँवरले पदोन्नति भएका १५ जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

मन्त्रिपरिषद्को २०८१ फागुन २१ गतेको निर्णयअनुसार प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षकमा १ जना, नेपाल सरकार गृह मन्त्रलाय सचिवस्तरको २०८१ फागुन २० गतेको निर्णयअनुसार प्राविधिक प्रहरी निरीक्षकबाट प्राविधिक प्रहरी नायव उपरीक्षक पदमा १ जना र प्राविधिक प्रहरी वरिष्ठ नायव निरीक्षकबाट प्राविधिक प्रहरी निरीक्षक पदमा १३ जना गरी जम्मा १५ जना प्रहरी अधिकृतहरूको पदोन्नति भएको थियो ।

र्ज्यानी चिन्हद्वारा सुशोभित हुनेहरूमा प्रहरी अतिरिक्त महानिरीक्षक जनक भट्टराई, प्राविधिक प्रहरी नायव उपरीक्षक डा.बिदुर प्रसाद आचार्य रहेका छन् ।

 

प्राविधिक प्रहरी निरीक्षकहरूमा चन्द्रकला शर्मा सुवेदी, सगुन लोहला, उमेश कुमार चौधरी, राजकुमार श्रेष्ठ, बुद्धिमान दोङ (तामाङ), श्याम बहादुर बलायर, हरि बहादुर थापा, अशोक कुमार गुप्ता, नारायण कुमार योगी, काजीमान लामा, कुबेर न्यौपाने, लोकेन्द्र सिंह धामी र सन्तोष थापा मगर रहेका छन् ।

दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै आईजीपी कुँवरले प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।