२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

यातायात मन्त्रालयको गाडीले कोटेश्वर मापसे चेक प्वाइन्ट छलेर भाग्ने क्रममा बाईकलाई ठक्कर दिदा दुर्घटना,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, फाल्गुण २२, २०८१

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको गाडीले कोटेश्वर स्थित मापसे चेक प्वाइन्ट छलेर भागेपछि दुर्घटना भएको छ ।  बा.२ झ २३७८ नम्बरको गाडीको ठक्करबाट कोटेश्वर चोकमा एउटा मोटरसाइकलमा क्षति पुगेको छ ।

चेकप्वाइन्ट छलेर भागेका चालकलाई प्रहरीले पछ्याएर पक्राउ गरेको छ । गाडी चालक सुवास थापालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृतले रातोपाटीलाई बताए । नियन्त्रणमा लिने क्रममा प्रहरीको मोटरसाइकलमा पनि क्षति पुगेको छ ।

सो गाडी भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशव कुमार शर्मा चढ्ने गरेको चालकले बताएका छन् । गाडीमा शर्मा थिएनन् । चालकलाई नरेफाँट स्थित मनोहरा खोला पुल नजिकैबाट पक्राउ गरेर प्रहरीले स्वास्थ्य परिक्षण गराएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।