२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्री फेरि बन्ने बलियो नेपाल बनाउने सपना,

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, फाल्गुण २३, २०८१

 

धनुषा । महोत्तरीको मनराशिश्वामा आज (शुक्रबार) आयोजित सभामा आफू केपी शर्मा ओलीपछि प्रधानमन्त्री बन्ने भएकाले देशलाई बलियो बनाउने बताएका हुन् ।

‘अहिले एउटा पार्टीको सरकार बन्न निकै गाह्रो छ । त्यस कारण दुईटा पार्टी मिलेर सरकार बनेको छ । अहिले ओलीजी हुनुहुन्छ । पछि कांग्रेसबाट प्रधानमन्त्री बन्ने हो । म पद ओगट्न चाहने नेता पनि होइन । धेरैपल्ट प्रधानमन्त्री भइसक्या छु । अर्को पटक पनि प्रधानमन्त्री बन्ने सम्भावना छ । मैले बलियो र मजबुत नेपाल बनाउने सपना देखेको छु,’ उनले भने।

खडेरी हुने, हिमाल र हिउँ पग्लिने क्रम बढ्दै गएर जलवायु परिवर्तनको प्रत्यक्ष असर नेपालमा समेत परेकोले नेपालका सबै राजनीतिक दल जलवायु परिवर्तनको सवालमा एकमत हुनुपर्ने उनको भनाइ थियो । कांग्रेस ठूलो पार्टी भए पनि बहुमत नभएको उल्लेख गर्दै एकढिक्का भएर अगाडि बढे आगामी चुनावमा एक्लै सरकार बनाउन सक्ने अवस्था आउने समेत देउवाको दाबी छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]