२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

११५ औ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा श्रीमती संघद्वारा उत्कृष्ट १९ जना महिलाहरु सम्मान,

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, फाल्गुण २४, २०८१

 

काठमाडौं । नेपाल प्रहरी श्रीमती संघ भृकुटीमण्डपद्वारा आयोजित ११५ औं अन्तराष्ट्रिय नारी (महिला) दिवासको अवसरमा देशभरबाट १९ (उन्नाईस) जना उत्कृष्ट महिला प्रहरी कर्मचारी छनौट गरी सम्मान कदर-पत्र तथा दोसल्लाले सम्मान गरियो ।

नेपाल प्रहरी संगठनमा कार्यरत रही विभागिय नीति निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ भई जिम्मेवारीपूर्ण तवरले उच्च मनोबलका साथ संगठनको श्रीवृद्धिका लागि अपराध अनुसन्धान तथा शान्ति सुरक्षा अमनचयन / जनचेतना / कार्यालयको अभिलेखीकरणमा उल्लेख्य कार्य सम्पादन गर्नु भएको हुँदा अन्तर्राष्ट्रिय नारी (महिला) दिवसको अवसरमा उहाँहरुले संगठनमा पुर्‍याउनु भएको योगदानको सम्मान स्वरुप यो कदर-पत्र प्रदान गरिएको थियो ।
उक्त कार्यक्रमलाई सम्वोधन गर्दै संघका अध्यक्ष श्रीमती लक्ष्मी कुँवरज्यूले “समानताको पुस्ता” “अन्त गरौ हिंसा विभेद र असमानता” भन्ने नाराका साथ मनाइने ११५ औं अन्तराष्ट्रिय नारी दिवसका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी, यस संघका सम्पूर्ण पदाधिकारीज्यूहरु, महिला अधिकारकर्मी लगायत महिला हकअधिकारको संरक्षण र प्रवर्द्धनका क्षेत्रमा कार्य गर्नुहुने सम्पूर्णमा सुख शान्ति एवम् समृद्धिको लागि बधाई तथा धन्यवाद समेत व्यक्त गर्नु भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]