२२ बैशाख २०८३, मंगलबार
05-05-2026 , Tue
×

११५ औ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा बाँकेमा डिआईजी कार्कीद्वारा निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन,

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, फाल्गुण २४, २०८१

बाँके । लुम्विनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) दान बहादुर कार्कीले महिला दिवस वर्षैभरी मान्नुपर्ने बताएका छन् । अन्तराष्ट्रिय महिला दिवसको अवसरमा नेपालगन्जमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् ।

आधा आकाश ढाकेका महिलाहरुको स्वतन्त्रताका लागि दिवसले महत्वपूर्ण सन्देश दिएको बताए । उनले समान ज्याला र समान सहभागिता, अधिकारलाई स्थापित गरिनुपर्ने बताए । उनले महिलाहरुलाई सम्मान गर्ने प्रवृत्तिको विकास हुन नसकेको बताए । नारी र पुरुष एक रथका दुई पांग्रा भएको बताए ।

नारी र पुरुषलाई समान अधिकार र समान स्वतन्त्रता अहिलेको आवश्यकता रहेको बताए । त्यसका लागि घरबाटै त्यस्तो वातावरण निर्माण गरिनुपर्नेमा उनको जोड थियो ।

सामुदायिक प्रहरी सेवा केन्द्र नेपालगन्ज बाँकेको सहकार्यमा कृपा हस्पिटल नेपालगन्ज बाँकेद्वारा आयोजना गरीएको उक्त शिविरमा १६० जनाले सेवा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले बताए ।

कार्यक्रममा राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय लुम्बिनी प्रदेशका प्रमुख प्रहरी उपरीक्षक श्याम बहादुर खत्री, कृपा हस्पिटल नेपालगन्जका प्रमुख डा. प्रबिण कुमार गुप्ता, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, लुम्बिनी प्रदेश प्रहरी अस्पातलका प्रहरी निरीक्षक, स्थानीय भद्रभलाद्मी, मिडियाकर्मी, लगायतको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  दाङ । भालुवाङ देउखुरीको गढवा गाउँपालिकामा भूमिहिन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको सही प्रकारको व्यवस्थापनको माग गर्दै ज्ञापनपत्र बुझाइएको छ । सोमबार अपरान्ह “सुकुम्बासी, भूमिहिन तथा अव्यवस्थित जग्गा व्यवस्थापन दबाव अभियान गढवा–१” ले गाउँपालिकामा ज्ञापनपत्र बुझाएको हो । सो दबाब अभियानका संयोजक चित्र बहादुर महताराको नेतृत्वमा गएको एक टोलीले गढवा गाउँपालिका कार्यालयमै पुगेर गाउँपालिका अध्यक्ष […]

दाङ । भालुवाङ लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नयाँ प्रशासनिक केन्द्रमा सोमबारदेखि दैनिक कामकाजको सुरूवात गरेका हुन्। संघीयताको सुदृढीकरणका लागि प्रदेश तहलाई बलियो बनाउने लक्ष्यसहित प्रशासनिक केन्द्र निर्माण गरिएको बताउँदै प्रदेशबासीका लागि गौरवको विषय भएको मुख्यमन्त्री आचार्यले बताए । सात प्रदेशमध्ये लुम्बिनी राजधानी निर्माण, नामाकरण र प्रशासनिक केन्द्र निर्माणमा सफल भएको छ । यसले प्रदेशलाई थप उचाइमा […]

बाँके । नेपालगञ्जस्थित नेपाल–भारत सीमानाको जमुनाहा नाकामा भारत सरकारले निर्माण गरेको अत्याधुनिक नेपाल–भारत मैत्रीद्वार निर्माण गरेको छ । यो द्वार अहिले निर्माणको अन्तिम चरणमा पुगेको र केही समयपछि यसको औपचारिक उदघाटन गरिने भारतीय अधिकारीहरुले जनाएका छन् । भारततर्फ भव्य र आधुनिक मैत्रीद्वारको निर्माण गरिएपछि नेपालतर्फ रहेको निकै पुरानो द्वारलाई पनि नयाँ तरिकाले बनाउनुपर्ने माग गरिएको […]

error: Content is protected !!