२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

११५ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा दाङमा प्रभातफेरी तथा सचेतनामूलक कार्यक्रम,

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, फाल्गुण २५, २०८१

 

दाङ । घोराही उप-महानगरपालिका वडा नं. १६ वडा कार्यालयको आयोजना तथा जिल्ला प्रहरी कार्यालय दाङको सहकार्य एवं घोराही उप-महानगरपालिका वडा नं.१६ वडा कार्यालयका लैङ्गिक सूचना अधिकारी सुनिता सुनारको अध्यक्षता, वडा अध्यक्ष तारा बहादुर डि.सी.को प्रमुख आतिथ्यता, जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक शारदा उप्रेती,वडा सदस्यहरु, समाजसेवीहरु, बिभिन्न टोल विकास समितिका प्रतिनिधिहरु, आमा समूहका प्रतिनिधिहरु, स्वास्थ्य स्वयंमसेवकहरु र स्थानीय महिलाहरुको सहभागितामा ११५ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा “सबै महिला तथा बालबालिकाको लागि अधिकार समानता र सशक्तिकरण” भन्ने मुल नाराका साथ घोराही उपमहानरपालिका वडा नं. १६ स्थित वडा कार्यालयबाट सर्रा चोक हुदै पुन वडा कार्यालय सम्म प्रभातफेरी कार्यक्रम तथा वडा कार्यालयको सभाहलमा आयोजित कार्यक्रममा प्रहरी निरीक्षक शारदा उप्रेतीले लैंगिक हिंसाको अवस्था, लैंगिक हिंसाकै कारण समाजमा कुसस्कार, कुरिती सिर्जना भएको, त्यसले महिला तथा बालबालिकाहरुमा नकारात्मक प्रभाव पारेकोले हामी सबै मिलेर हिंसा, मुक्त समाजको निर्माण गर्नुपर्ने, महिलाले हिंसा सहेर बस्न नहुने, घरेलु हिंसा, बाल विवाह, बहु विवाह एवं लैंगिक हिंसा न्यूनीकरण गर्न स्वयंम व्यक्ति तथा समुदायको भूमिका र हिंसा सम्बन्धि कानुनी व्यवस्था लगायत विषयमा सचेतनामूलक जानकारी दिनु भएको ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । प्रोत्साहन कार्यक्रमअन्तर्गत ‘घोराही बनाऔँ अभियान’ र नेपाली जुत्ता घरले मंगलबार घोराही बजारका विभिन्न चोक तथा सार्वजनिक क्षेत्रमा श्रम तथा विभिन्न पेशा–व्यवसायमा सक्रिय व्यक्तिहरूलाई जुत्ता–चप्पल उपहार प्रदान गरेको छ। दैनिक रूपमा श्रम गर्ने, व्यवसाय सञ्चालन गर्ने, सडक तथा बजार क्षेत्रमा विभिन्न सेवा प्रदान गर्ने महिला तथा पुरुषहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। […]

दाङ । आजबाट नेवा: समुदाय*को यस वर्षको मुख्य जात्रा र चाडपर्वको सुभारम्भ भएको छ। नेवार समुदायको संस्कृतिमा वर्षभरि मनाइने जात्रा, पूजा र चाडपर्वको एउटा निश्चित क्यालेण्डर हुन्छ। दाङको घोराही, तुलसीपुर र अन्य क्षेत्रमा बसोबास गर्ने नेवा: समुदायले पनि काठमाडौं उपत्यकाको परम्परा अनुसार नै यी पर्वहरू मनाउने गर्छन्। सुभारम्भसँगै सुरु हुने मुख्य पर्वहरू गाईजात्रा भाद्रमा पर्ने, […]

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]