२२ बैशाख २०८३, मंगलबार
05-05-2026 , Tue
×

काठमाडौंको सुरक्षा व्यवस्था कडा बिहानैदेखि विभिन्न स्थानमा सुरक्षाकर्मीलाई ‘हाई अलर्टमा

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, फाल्गुण २५, २०८१

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि राजावादी समूहले प्रदर्शन गर्ने तयारीसँगै काठमाडौंको सुरक्षा व्यवस्था कडा पारिएको छ। आज बिहानैदेखि काठमाडौंका विभिन्न स्थानमा सुरक्षाकर्मीलाई ‘हाई अलर्ट’ मा राखिएको छ।

पोखरामा एक साताको बसाइँपछि पूर्वराजा ज्ञानेन्द्र काठमाडौं फर्किन लागेका छन्। उनको आगमनलाई लक्षित गर्दै नारायणहिटी दरबार संग्रहालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललगायत संवेदनशील स्थानहरूमा सुरक्षाकर्मीको उपस्थिति बढाइएको छ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार भिडभाड र जुलुस अनियन्त्रित हुन सक्ने आकलन गर्दै आवश्यक सुरक्षा रणनीति तयार गरिएको छ। प्रहरीका अनुसार परिस्थिति जे आए पनि नियन्त्रण गर्ने गरी तयारी गरिएको छ।

पूर्वराजाको स्वागतका लागि राजावादी समूहहरू काठमाडौंका विभिन्न स्थानबाट जुलुससहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडि भेला हुने तयारीमा छन्। भिड अनियन्त्रित भई अप्रिय घटना हुन नदिन प्रहरी प्रशासनले विशेष सुरक्षा योजना लागू गरेको छ।

यसैक्रममा, आज बिहानैदेखि काठमाडौंका मुख्य चोकहरूमा बर्दीधारी प्रहरीसहित सादा पोशाकका गुप्तचर टोली पनि परिचालित गरिएको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  दाङ । भालुवाङ देउखुरीको गढवा गाउँपालिकामा भूमिहिन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको सही प्रकारको व्यवस्थापनको माग गर्दै ज्ञापनपत्र बुझाइएको छ । सोमबार अपरान्ह “सुकुम्बासी, भूमिहिन तथा अव्यवस्थित जग्गा व्यवस्थापन दबाव अभियान गढवा–१” ले गाउँपालिकामा ज्ञापनपत्र बुझाएको हो । सो दबाब अभियानका संयोजक चित्र बहादुर महताराको नेतृत्वमा गएको एक टोलीले गढवा गाउँपालिका कार्यालयमै पुगेर गाउँपालिका अध्यक्ष […]

दाङ । भालुवाङ लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नयाँ प्रशासनिक केन्द्रमा सोमबारदेखि दैनिक कामकाजको सुरूवात गरेका हुन्। संघीयताको सुदृढीकरणका लागि प्रदेश तहलाई बलियो बनाउने लक्ष्यसहित प्रशासनिक केन्द्र निर्माण गरिएको बताउँदै प्रदेशबासीका लागि गौरवको विषय भएको मुख्यमन्त्री आचार्यले बताए । सात प्रदेशमध्ये लुम्बिनी राजधानी निर्माण, नामाकरण र प्रशासनिक केन्द्र निर्माणमा सफल भएको छ । यसले प्रदेशलाई थप उचाइमा […]

बाँके । नेपालगञ्जस्थित नेपाल–भारत सीमानाको जमुनाहा नाकामा भारत सरकारले निर्माण गरेको अत्याधुनिक नेपाल–भारत मैत्रीद्वार निर्माण गरेको छ । यो द्वार अहिले निर्माणको अन्तिम चरणमा पुगेको र केही समयपछि यसको औपचारिक उदघाटन गरिने भारतीय अधिकारीहरुले जनाएका छन् । भारततर्फ भव्य र आधुनिक मैत्रीद्वारको निर्माण गरिएपछि नेपालतर्फ रहेको निकै पुरानो द्वारलाई पनि नयाँ तरिकाले बनाउनुपर्ने माग गरिएको […]

error: Content is protected !!