२२ बैशाख २०८३, मंगलबार
05-05-2026 , Tue
×

पुर्व राजा शाह पोखराबाट काठमाडौं आउँदा हुने स्वागत र्‍यालीमा राप्रपा अध्यक्ष लिङदेन सहभागी नहुने,

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, फाल्गुण २५, २०८१

काठमाडौं । पार्टीले यसको जिम्मा प्रमुख सचेतक ज्ञानेन्द्र शाही र प्रवक्ता मोहन श्रेष्ठलाई दिएको छ ।

शाहीले अध्यक्ष स्वागत र्‍यालीमा सहभागी नहुने बताए । ‘अध्यक्षज्यु आज सहभागी हुनुहुन्न । उहाँले मलाई र प्रवक्ता ज्यूलाई स्वागत कार्यक्रम अगाडि बढाउने जिम्मा दिनुभएको छ,’ शाहीले भने ।

प्रवक्ता श्रेष्ठले पनि अध्यक्षको उपस्थितिबारे अहिलेसम्म जानकारी नभएको बताए । ‘अध्यक्षज्युले केही भन्नु भएको छैन,’ उनले भने ।

राजावादी समर्थकहरु गौशाला र तीनकुने क्षेत्रमा भेला भएर पूर्वराजा शाहलाई स्वागत गर्न सिनामंगलस्थित विमानस्थलको मुख्य गेटतर्फ अगाडि बढ्ने छन् । त्यहाँबाट शाहसँगै र्‍याली निर्मल निवाससम्म पुग्नेछ ।

पूर्वराजा ज्ञानेन्द्र शाह एक साता लामो पोखरा बसाइँपछि आज दिउँसो काठमाडौं फर्किंदैछन् । राजाको प्रिय बन्ने प्रतिस्पर्धामा रहेका राप्रपा, राप्रपा नेपालसहितका राजनीतिक दल र संघसंस्थाहरुले उनको स्वागतमा काठमाडौंका विभिन्न स्थानबाट र्‍यालीसहित प्रदर्शनको तयारी गरेका छन् ।

त्यसैले भिड अनियन्त्रित हुन नदिन र अवाञ्छित क्रियाकलाप रोक्न काठमाडौंको सुरक्षा प्रबन्ध चुस्त बनाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  दाङ । भालुवाङ देउखुरीको गढवा गाउँपालिकामा भूमिहिन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको सही प्रकारको व्यवस्थापनको माग गर्दै ज्ञापनपत्र बुझाइएको छ । सोमबार अपरान्ह “सुकुम्बासी, भूमिहिन तथा अव्यवस्थित जग्गा व्यवस्थापन दबाव अभियान गढवा–१” ले गाउँपालिकामा ज्ञापनपत्र बुझाएको हो । सो दबाब अभियानका संयोजक चित्र बहादुर महताराको नेतृत्वमा गएको एक टोलीले गढवा गाउँपालिका कार्यालयमै पुगेर गाउँपालिका अध्यक्ष […]

दाङ । भालुवाङ लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नयाँ प्रशासनिक केन्द्रमा सोमबारदेखि दैनिक कामकाजको सुरूवात गरेका हुन्। संघीयताको सुदृढीकरणका लागि प्रदेश तहलाई बलियो बनाउने लक्ष्यसहित प्रशासनिक केन्द्र निर्माण गरिएको बताउँदै प्रदेशबासीका लागि गौरवको विषय भएको मुख्यमन्त्री आचार्यले बताए । सात प्रदेशमध्ये लुम्बिनी राजधानी निर्माण, नामाकरण र प्रशासनिक केन्द्र निर्माणमा सफल भएको छ । यसले प्रदेशलाई थप उचाइमा […]

बाँके । नेपालगञ्जस्थित नेपाल–भारत सीमानाको जमुनाहा नाकामा भारत सरकारले निर्माण गरेको अत्याधुनिक नेपाल–भारत मैत्रीद्वार निर्माण गरेको छ । यो द्वार अहिले निर्माणको अन्तिम चरणमा पुगेको र केही समयपछि यसको औपचारिक उदघाटन गरिने भारतीय अधिकारीहरुले जनाएका छन् । भारततर्फ भव्य र आधुनिक मैत्रीद्वारको निर्माण गरिएपछि नेपालतर्फ रहेको निकै पुरानो द्वारलाई पनि नयाँ तरिकाले बनाउनुपर्ने माग गरिएको […]

error: Content is protected !!