बाँके । नेपालगन्ज दुर्घटना न्युनीकारण, सुरक्षित तथा मर्यादित यात्राका लागि आचार्यले महत्वपूर्ण भूमिका खेलेकोले सम्मान गरिएको सुरक्षित यात्रा नेपालका अध्यक्ष कृष्णप्रसाद बेलवासेले बताए । ’सुरक्षित र मर्यादित यात्राका लागि ट्राफिक प्रहरीको भूमिका महत्वपूर्ण रहन्छ । त्यसैमा प्रहरी बरिष्ठ नायब निरीक्षक आचार्यको भूमिका अति राम्रो देखिएको छ,’ उनले भने, ’बाँकेमा रहेर उहनले एकदमै राम्रो भूमिका निर्वाह गरेको हामीले पायौ ।
आचार्यलाई लुम्विनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक डिआइजी दान बहादुर कार्कीले सम्मान पत्र प्रदान गरेका हुन् । सम्मान पत्र वितरण कार्यक्रममा डिआइजी कार्कीले राम्रो र उत्कृष्ट कार्य गर्ने प्रहरीलाई सम्मान गर्ने प्रहरी प्रधान कार्यालयको नीति रहेको बताए । उनले सम्मानले थप राम्रो काम गर्ने हौसला मिल्ने बताए । ’यो सम्मानले थप हौसला मिल्ने छ,’ उनले भने ।
सम्मान पत्र ग्रहण पछि आचार्यले सम्मानले अझ धेरै जिम्मेवारी थपेको धारणा राखे । उनले बाँकेको ट्राफिक व्यवस्थापनमा दिलो ज्यान लगाउने जिकिर गरे । ’सम्मानले हौसला संगै थप जिम्मेवारी थपेको छ । बाँकेको ट्राफिक व्यवस्थापनमा कुनै कसर बाँकी राख्ने छैन,’ उनले भने । ट्राफिक पोष्ट नेपालगंजको प्रमुख भएर आएपछि उनले नेपालगंजको ट्राफिक व्यवस्थापनमा उल्लेख्य भूमिका निर्वाह गर्दै आएका छन् ।