२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि समर्थकहरु काठमाडौं विमानस्थलको मुख्य गेटमा भेला,

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, फाल्गुण २५, २०८१

काठमाडौं । समर्थकहरुको भिड बढ्दै जान थालए सुरक्षाकर्मीहरुको तैनाथी पनि बढाइएको छ । विमानस्थलको मुख्य गेट अगाडि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली तैनाथ गरिएको छ ।

राजावादीहरु राष्ट्रिय झण्डा र पूर्वराजा ज्ञानेन्द्र शाहको फोटो अंकित ब्यानरसहित भेला भएका छन् ।

पूर्वराजा शाह पोखराको एक हप्ता बसाइँपछि आज हवाईमार्ग हुँदै काठमाडौं आउँदैछन् । उनलाई स्वागत गर्न राप्रपा, राप्रपा नेपाल, शिव सेना नेपाल र ज्ञानेन्द्र शाह समर्थित विभिन्न संघसंस्थाहरु विमानस्थलको गेटसम्म पुगेका हुन् ।

उनीहरुलाई चक्रपथ सडकबाट विमानस्थलको मुख्य गेटभित्र प्रवेश गर्न भने प्रहरीले रोकेको छ । काम विशेषले विमानस्थलसम्म जानेहरुलाई पनि प्रहरीले सोधपुछ र चेकजाँच गरेर मात्र मुख्य गेटबाट प्रवेश गर्न दिएको छ ।

राजावादीहरु विमानस्थलको गोल्डेन गेट अगाडिबाट स्वागत गरेर महाराजगञ्जस्थित निर्मल निवाससम्म नारा जुलुससहित पुर्‍याउने भनेर भेला भएका छन् ।

राजावादीहरुको स्वागतमा विभिन्न दल र समूहहरु सडकमा उत्रिने भएपछि काठमाडौंको सुरक्षा प्रबन्ध चुस्त बनाइएको छ । भिड अनियन्त्रित हुन नदिन र अवाञ्छित क्रियाकलाप रोक्न राखिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]