२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

काठमाडौं उपत्यकामा सुरक्षा व्यवस्था कडा हजारौं सुरक्षाकर्मीहरु तैनाथ,

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, फाल्गुण २५, २०८१

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं फर्किने क्रममा राजावादी समूहहरूले प्रदर्शन गर्ने तयारी गरेपछि सुरक्षा व्यवस्था कडा पारिएको छ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी शेखर खनालका अनुसार शाहको आवागमन हुने मार्गमा सुरक्षा सतर्कता बढाइएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा विमानस्थलमा समेत सुरक्षा कडाइ गरिएको छ।

कास्की जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी श्यामबाबु ओलियाका अनुसार पूर्वराजा शाह समिट एअरको चार्टर्ड उडानमार्फत दिउँसो ३:३० बजे काठमाडौं आइपुग्नेछन्।

उनको स्वागत तथा प्रदर्शनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, दुर्गा प्रसाईं समूह लगायत विभिन्न समूहले तयारी गरिरहेका छन्। सम्भावित अप्रिय घटना रोक्नका लागि १,४४६ सुरक्षाकर्मी परिचालन गरिएको प्रहरी स्रोतले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।