२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

सशस्त्र आईजीपी अर्यालद्वारा डीआईजीमा बढुवा ३ अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान,

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, फाल्गुण २५, २०८१

 

काठमाडौं । सशस्त्र प्रहरी प्रधान कार्यालयमा आज आयोजित कार्यक्रममा आईजीपी अर्यालले गृह मन्त्रालयको फागुन २० गतेको निर्णयअनुसार डीआईजीमा बढुवा भएका कृष्ण ढकाल, दीपेन्द्र कुँवर, र विष्णु भट्टलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।

त्यस्तै, प्राविधिक डीएसपी र विशेष बढुवा भएका अन्य सशस्त्र प्रहरी अधिकृतहरूलाई पनि चिन्ह प्रदान गरिएको छ। प्राविधिक समूह (सञ्चार तथा इन्जिनियरिङ) तर्फ डीएसपीमा बढुवा भएका वेद प्रकाश यादवले दर्ज्यानी चिन्ह प्राप्त गरेका छन्।

अवकाशपूर्व विशेष बढुवाका रूपमा डीएसपी संजय कुमार गोईत र इन्स्पेक्टर प्रकाश सिंह ठकुरीलाई पनि आईजीपी अर्यालले चिन्ह प्रदान गरेका छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै आईजीपी अर्यालले बढुवा प्राप्त अधिकृतहरूलाई बधाई दिँदै संगठनप्रति इमानदार भई कार्य सम्पादन गर्न निर्देशन दिए। उनले भने, “सरुवा-बढुवा संगठनको नीति र नियमअनुसार पारदर्शी रूपमा हुने भएकाले सबैले संगठनलाई के दिन सक्छु भन्ने भावनासहित जिम्मेवारी बहन गर्नुपर्छ।”

दर्ज्यानी चिन्ह वितरण कार्यक्रममा एआईजी नारायण दत्त पौडेल, चन्द्रप्रकाश गौतम, वंशीराज दाहाल, डीआईजी कमल गिरी, सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष अनिता लामिछाने अर्याललगायत वरिष्ठ, सिनियर तथा जुनियर अधिकृतहरूको उपस्थिति रहेको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।