२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

पोखराबाट काठमाडौं आएका पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा जुटेका राजावादीको र्‍याली,

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, फाल्गुण २५, २०८१

 

काठमाडौं । प्रदर्शनका दृश्यलाई अब फिल्मको पर्दामा समेत हेर्न पाइने भएको छ । फिल्म ‘माग्ने राजा’ले विमानस्थलदेखि महाराजगञ्जसम्मको दृश्यलाई क्यामेरामा कैद गरेको छ ।

एयरपोर्ट, गौशाला, चाबहिल, गोपीकृष्ण हल हुँदै महाराजगञ्जसम्मको जुलुसको दृश्य खिच्न फिल्मका ७ जना क्यामेराम्यान खटिएका थिए । राजालाई स्वागत गर्न पुगेको भीडलाई ड्रोन लगायतका क्यामेराको मद्दतमा खिचिएको निर्देशक ऋषि लामिछानेले जानकारी दिए।

यी दृश्य खिच्न आयोजकबाट स्वीकृतिसहितको पत्र  लिएर मात्रै खिचिएको उनले बताए । उनका अनुसार स्वीकृतिपछि एयरपोर्टमा २, गौशालामा २, चाबहिलमा २, गोपीकृष्ण हलदेखि महाराजगन्ज चोकसम्म एक क्यामेराले दृश्य खिचिएको थियो ।

‘फिल्मका लागि आवश्यक भएर खिचेका हौं । छलफल र सल्लाह गरेर खिचेका हौं । हामीले सुन्दर मौकाको फाइदा उठायौं’ निर्देशक लामिछानेले अनलाइनखबरसँग भने, ‘हामीले पार्टीको झण्डा र नारावाजी भन्दा पनि नेपालको झण्डा भएका दृश्य खिचेका हौँ । हामी सबै पार्टीको मुद्दालाई समर्थन गर्छौं तर पार्टीभन्दा माथि देश हो ।’

खिचिएका दृश्य फिल्मको २ देखि ३ मिनेटसम्म प्रयोग हुने उनले बताए । तर, जुलुसमा खिचिएका पोस्टर र आवाज भने फिल्ममा समावेश हुनेछैनन् । लामिछानेको निर्देशनमा अहिले ‘माग्ने राजा’ फिल्मको छायांकन भैरहेको छ । गाउँको २५ प्रतिशत छायांकन सकिएको छ र बाँकी दोस्रो चरणको छायांकन दुई दिनपछि सुरु हुनेछ ।

यो फिल्मलाई नरेन्द्र मैनालीले खिचिरहेका छन् । फिल्ममा शीर्ष पात्र केदार घिमिरे ‘माग्ने राजा’को भूमिकामा छन् । मुनाल घिमिरेको निर्माणमा बनिरहेको फिल्ममा वर्षा सिवाकोटी, आर्यन सिग्देल लगायतको पनि अभिनय छ । आगामी तीजमा छायांकन हुने बताइएको छ ।

यसअघि विभिन्न प्रदर्शनको क्रममा केही नेपाली निर्देशकले पनि मौकालाई छोप्दै दृश्य खिचेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]